– डा. सुरेन्द्र झा/सह–महामन्त्री राजपा नेपाल 


अहिले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र भईरहेको छ । भन्न त भनिन्छ वाम गठबन्धनका कारण लोकतन्त्रलाई खतरा छ, राज्यलाई खतरा छ । तर साँच्चै भन्ने हो भने लोकतन्त्र र राज्यलाई कुनै खतरा छैन । खतरा छ त केवल सत्तालाई खतरा छ । अहिले हेर्ने हो भने प्रचण्डले गठबन्धनमा आईसकेपछि नैतिकताका आधारमा सरकारबाट बाहिर निस्कनुपर्छ । केपी ओलीले नि जुन हार्दिकता देखाई रहनुभएको छ माओवादीमाथि, त्यो हार्दिकता नभई बठ्याँई मात्र हो , उनीहरुलाई जसरी हो सत्तामा आउनु छ, त्यसैकारण यो सब गरिरहेका छन् ।  प्रधानमन्त्री देउवालाई पनि केही खतरा छैन । उहाँसँग पूर्णरुपमा बहुमत छ । उहाँले चाहेअनुरुप काम गर्न पाउनुभएको छ । उहाँले चालेका कदम मलाई सकारात्मक लागेका छन् । हामी सत्ताको खेलमा छैनौं, हामी त्यसैले चुप बसिरहेका छौं ।

बाम गठबन्धनले लोकतन्त्रमा चुनौती खडा भएको छ । वाम गठबन्धन अप्राकृतिक गठबन्धन हो । देश बाहिरका शक्तिहरुको कारण उहाँहरुवीच यो गठबन्धन भएको हो । तर उहाँहरु मिलेर जाँदा आपत्ति छैन । तर उहाँहरुको एउटा पार्टी चाहिँ साम्यवादको लागि छ भने अर्को लोकतन्त्रका निम्ति काम गरेको पार्टी एमाले हो । फरक विचारधारा बोकेका ति पार्टीहरुले भित्तामा पुराना कम्युनिष्ट नेताहरुको फोटो टाँस्दैमा विचार मिल्ने हैन । उहाँहरुको एकता भएपछि उहाँहरुले भने, अब हामी साम्यवाद ल्याउछौं, यसो हुँदा लोकतन्त्रमा त यसै नै खतरा आईहाल्यो । हुन त नेपालमा कम्युनिष्टहरु मिल्नै सक्दैनन् । भागबण्डाका लागि मिल्न खोज्छन् र नमिलेपछि बाहिरिन्छन् ।

त्यसैले हामी त्यति चिन्तित त छैनौं । तर उहाँहरुको उदेश्य जुन छ त्यो उदेश्य सहि हैन । सत्तामा जाने उहाँहरुको पहिलो उदेश्य हो, भने अर्को भनेको जनतालाई रुमल्याउने काम गर्छन् । हामी लोकतान्त्रिक पार्टीलाई के थाहा छ भने रातारात वाम गठबन्धन हुनुमा देशविदेशका शक्तिहरुको चलखेल भएको छ । त्यसैले हामी लोकतान्त्रिक शक्तिहरु सचेत हुनैपर्छ । एकठाउँमा आउनै पर्छ । हामी मिलेर नै मुलुकलाई समृद्धितर्फ लैजाने, र समाजवादलाई कसरी स्थापीत गर्ने भन्नेतर्फ हामी सचेत हुनैपर्छ ।

गठबन्धनमा मेरो गोरुको बाह्रै टक्का आउनुहुँदैन । अनुहार हेरेर गठबन्धन गरिँदैन । यदि अनुहार हेरेर नै नेपाली काँग्रेससँग सहकार्य गर्ने हो भने नेपाली काँग्रेससँग हामीले सहकार्य गर्दैनथ्यौँ । किनभने, नेपाली काँग्रेस मधेशकै काखमा बसेर मधेशीलाई नै घात गर्ने पार्टी हो यसमा कुनै शङ्का नै छैन ।

वाध्यात्मक परिस्थितीका कारण लोकतान्त्रिक शक्ति एक हुन आवस्यक

हामी पनि लोकतान्त्रिक गठबन्धन निर्माणका लागि लागिरहेका छौं । लोकतान्त्रिक पार्टीहरुको विस्तारै छलफल, सम्वादमा लागि परेका छौं । निर्वाचनको कुरा गर्दा राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम एउटा शक्ति हो । नेपाली काँग्रेस मुलुककै पुरानो राजनैतिक शक्ति हो । त्यसैले लोकतान्त्रिक गठबन्धनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष महन्थ ठाकुरको भनाई थियो । हामीले सबै जिम्मेवारी बाँडफाँडका लागि कार्यदलहरु निर्माण भईसकेका छन् । गठबन्धनका लागि हामीले गृहकार्य गरिरहेका छौं ।

वाध्यात्मक परिस्थितीका कारण हामी एक ठाउँमा आउनु आवस्यक छ। सैद्धान्तिक हिसाबले नेपाली काँग्रेससँग हाम्रो सिद्धान्त मिल्दछ । गठबन्धनमा मेरो गोरुको बाह्रै टक्का आउनुहुँदैन । अनुहार हेरेर गठबन्धन गरिँदैन । यदि अनुहार हेरेर नै नेपाली काँग्रेससँग सहकार्य गर्ने हो भने नेपाली काँग्रेससँग हामीले सहकार्य गर्दैनथ्यौँ । किनभने, नेपाली काँग्रेस मधेशकै काखमा बसेर मधेशीलाई नै घात गर्ने पार्टी हो यसमा कुनै शङ्का नै छैन ।

अर्को कुरा, हिजोसम्म मधेशको आफ्नो शक्ति थिएन तर आज राजपा, संघिय समाजवादी फोरम जस्ता आफ्नै शक्तिहरु मधेशसँग छ । मधेशमा नेतृत्व गर्न हामी आफैंमा सक्षम छौं । तर के छ भने, मुलुकको लोकतनत्र जोगाउनका लागि, सँसदिय व्यवस्था जोगाउनका लागि हामी बिच लोकतान्त्रिक शक्तिहरु एकता हुन आवस्यक छ । यसमा हामी अगाडी बढ्दैछौं । तथ्य हेरेर हामी जहाँ सक्षम छौं, त्यहाँ सहमति गरेर अगाडी बढ्छौं ।

त्रिकोणात्मक शक्तिको बिचमा सहमति गर्नुपरेको हुँदा संघीय समाजवादी फोरम र राजपा नेपालबिच एउटा जहमति हुनुपर्छ । प्रदेश नं २ मा, प्रदेश नं ५ मा हाम्रो बहुल क्षेत्रमा एकप्रकारको बुझाई खाँचो छ । त्यसपछि राष्ट्रिय पार्टी नेपाली काँग्रेससँग हामी सहकार्य गर्छौं । नेपाली काँग्रेसले पाउनुपर्ने निर्वाचन क्षेत्र जुन-जुन छ, त्यसमा हामीले दावी गर्न मिल्दैन । यो उहाँहरुले पनि बुझ्नुभएको छ । हामी सहमतीबाट नै अघि बढ्छौं ।

प्रतिकृया

प्रतिकृया