१० कात्तिक, काठमाण्डौं । केही हलिउड चलचित्रमा समेत अभिनय गरेका बलिउड नायक इरफान खानले आफूलाई पनि केही महिलाबाट यौन सम्बन्धको प्रस्ताव आएको खुलासा गरेका छन् ।

नयाँ चलचित्र ‘करीब करीब’को पत्रकार सम्मेलनमा अनौपचारिक कुराकानी गर्दै इरफानले भने(‘मलाई पनि सँगै सुत्ने प्रस्ताव आयो । कसैले संकेत गरे त कसैले सिधै भने ।’ उनले भने,‘यस्तो प्रस्ताव राख्नेमा महिला पुरुष दुबै थिए ।’ भारतीय समाजमा यौनको विषयमा थोरै कुरा हुने भएकाले पनि यौन उत्पीडन बढी हुने गरेको उनको बुझाइ छ ।

भारतीय समाज जस्तै बलिउड चलचित्रमा पनि बहस धेरै हुन थालेको उनको बुझाइ छ । उनको भनाई अनुसार केही दर्शक हलिउडतिर लागेका छन् केही क्षेत्रिय फिल्म तिर ।

चलचित्र ‘पीकु’ मा नायिका दीपिका पादुकोणसँग काम गरेका इरफान खानले विशाल भारद्धाजको नयाँ चलचित्रमा पनि दीपिकासँग काम गर्ने भएका छन् ।
धेरै कलाकारको बायोग्राफी आइरहेको प्रसंगमा उनले अफ्नो बायोग्राफी नआउने दावी गरे । ‘म कहिल्यै बायोग्राफी लेख्दिनँ, बायोग्राफी लेख्नु भनेको आफ्नो राग आफैंले अलाप्नु हो ।’ उनले भने ।

प्रतिकृया

प्रतिकृया