१२ कात्तिक, झापा । अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणको विषयमा निस्किएको र्‍यालीका क्रममा प्रहरी–प्रदर्शनकारीबीच झपड भएपछि बिर्तामोडमा लगाइएको कफ्यु आइतबार राति ९ बजेदेखि बिहान ९ बजेसम्म हट्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहानसम्मलाई कफ्यु हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

‘भोलि ९ बजेपछिको स्थिति मूल्याङ्कन गरेर अर्को निर्णय हुन्छ’, उनले भने ।

शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

प्रतिकृया

प्रतिकृया