१३ कात्तिक, काठमाण्डौं । अभिनेत्री केकी अधिकारीको निर्माण चलचित्र ‘कोहलपुर एक्सप्रेस’ शुभमुर्हत गरिएको छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यामेरा पूजा गरेर चलचित्रको छायांकनको सुरुआत गरिएको हो ।

‘कोहलपुर एक्सप्रेस’ को छायांकन कोहलपुर, बाँके, नेपालगञ्ज, काठमाडौं लगायतका ठाउँमा हुने निर्माण पक्षले जनाएको छ ।

विशाल भण्डारीले निर्देशन गर्ने चलचित्रमा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ ।

प्रतिकृया

प्रतिकृया