१५ कात्तिक, काठमाण्डौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड चार वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने संघारमा रहेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा समूह ‘ए’ मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बेन्फिकालाई हराएको जोसे मोरिन्होको टिम युनाइटेड चार वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने संघार पुगेको हो ।

युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे । यस्तै बेन्फिकाका माइल स्वीलरले आत्मघाती गोल गरे । स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औं मिनेटमा ब्लिण्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

अहिलेसम्म भएका सबै चार खेलमा जितेको युनाइटेड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह ‘ए’ अन्तर्गतकै खेलमा सिएसकेए मस्कोले एफसी बासेललाई २–१ ले हरायो । पराजित भएपनि बासेल दोस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको बासेलको ६ अंक छ ।

प्रतिकृया

प्रतिकृया