१५ कात्तिक, काठमाण्डौं । परदेशीको पिडा बोकेको गीत ‘परदेशी आमा’ सार्वजनिक भएको छ ।

रंगकर्मी तथा संचारकर्मी भोला अधिकारीको निर्देशनमा रहेको सो गीतमा बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । त्यसैगरी गीतमा शब्द रचना प्रियजन राईको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् ।

परदेश गएकी आमालाई गाउँबाट छोराले घरमा आउनु आमा, यसै केही गरौला, परदेश मा नबस्नु जस्ता भाव गीतले बोकेको छ । परदेश आएर धेरै दुख पाएको कुरा आमाले छोरालाई बताएकी छन् ।

नेपाली महिलाले विदेशमा पाएको यथार्त कुरालाई गीत मार्फत बताइएको छ ।मनोज लामा, बर्षा कार्की,सन्देश दाहाल लगाएतले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली. ले बजार व्यवस्थापन गरेको छ । भिडियो हेर्नुहोस :

प्रतिकृया

प्रतिकृया