ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले भर्खरै मात्र नवराज दाहाल नेतृत्वको  नयाँ कार्यसमिति पाएको छ । विगतको नेतृत्वमा टानभित्र विभिन्न किसिमका मनमुटाव, वैमनश्यता जस्ता समस्याहरु देखा परेका थिए । अबको नेतृत्वले यो समस्याको सामाधान कसरी गर्छ, मजदुर र व्यवसायीबिचको सुमधुर सम्बन्ध कसरी कायम गर्छ भन्ने जस्ता समसामयिक विषयमा रहेर हेडलाईन नेपालले टानका नवनिर्वाचित अध्यक्ष नवराज दाहालसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ हेडलाईन नेपाल र टानका अध्यक्ष नवराज दाहालबिच भएको कुराकानी

टानको निर्वाचनले नेतृत्वको जिम्मा तपाईंलाई दिएको छ, टानलाई माथि उठाउनका लागि तपाईंको पहिलो काम के हुने छ ?

सबै ट्रेकिङ व्यवससायीहरुले मलाई साथ दिनुभएको छ, निर्वाचित गराईदिनुभएको छ । सबै ट्रेकिङ व्यवसायीहरुलाई हेडलाईन नेपाल डक कममार्फत धन्यवाद व्यक्त गर्न चाहन्छु । टानलाई साँच्चैको टान बनाउने प्रतिबद्धताको साथ म अघि बढेको छु । हाम्रो पदयात्रा व्यवसाय दिनप्रतिदिन कमजोर हुँदै गईरहेको छ, विभिन्न समस्याहरु आईरहेका छन् । पछिल्लो समय यो पदयात्रा गैरकानुनी ढङ्गले सञ्चालन हुँदै आईरहेको छ । पर्यटकहरु आफुखुसी ट्रेकिङमा जाने , गाईड नलाने, क्रियाकलापहरु भएको हुनाले एकातिर रोजगारी पनि वृद्धि नहुने, मजदुरहरुलाई सोचेको जस्तो सुविधा दिन नसकिने, पर्यटकहरु पनि सुरक्षित नहुने, र व्यवसायीहरुको व्यवसाय घट्ने यो अवस्था छ । यो अवस्थामा मेरो नेतृत्वले गैरकानुनी ढङ्गबाट सञ्चालित क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ । कम्तिमा पनि ट्रेकिङ जाँदा एक जना गाईड लिएर नेपाल सरकारबाट ईजाजत प्राप्त कम्पनीबाट जाने नियम बनाउनको लागि हामीले पहल गर्ने छौं । । यो नै मेरो नेतृत्वको मुख्य काम हो । जब यो व्यवसायलाई सबैलाई कानुनीदायरामा ल्याएर वैधानिक ढङ्गले पर्यटन व्यवसाय सञ्चालन गर्न सकियो भने, पर्यटकहरुले पनि आफ्नो पदयात्रा सुरक्षित ढङ्गले गर्न सक्छन् । व्यवसायीहरुको व्यवसायमा वृद्धि हुन्छ । मजदुरहरुको रोजगारीमा वृद्धि हुन्छ र सेवा सुविधामा पनि वृद्धि हुन्छ । राज्यले पनि आयकर, भ्याट मार्फत आम्दानीमा वृद्धि गर्न सक्छ । यो सबैको हितमा हुने र नेपालको पदयात्रा पूर्ण रुपले सुरक्षित छ भनेर बाहिर पनि सकारात्मक सन्देश जाने हुनाले यो सबैले बुझ्नुपर्ने कुरा हो । व्यवसायीहरुले लामो समयदेखि उठाउनुभएको यो महत्वपूर्ण मुद्धा छ । यो व्यवसायीहरुको साथ मलाई हुनेछ । यो सिङ्गो कार्यसमितिका साथीहरुले पनि मलाई साथ दिनुभएको छ । र राज्यले पनि साथ दिनेछ भन्ने विश्वास हामीले लिगेका छौं ।

टानमा निर्वाचित भएर आईसकेपछि, निर्वाचन हुनुपूर्व रहेका असन्तुष्ट समुहलाई व्यवस्थापन गर्न सक्नुहुन्छ ?

निर्वाचनमा दुई वा तीन समुह भएर प्रतिष्पर्धा गर्नु एउटा प्रजातान्त्रिक अभ्यास हो । मेरो प्रतिपक्षी जो मोहन जी र उनले नेतृत्व गरेको समुहसँग हामी चुनावको दौडानमा पनि त्यस्तो वैमनस्यता, एकले अर्कालाई आलोचना गर्ने, आक्षेप लगाउने कार्यहरु हामीले गरेनौं । हामी सबै एउटै पदयात्रा व्यवसायमा छौं । लामो समयसम्म हामी दुवै पक्ष वा त्रिपक्षिय साथीहरु, जोजो चुनावी प्रतिष्पर्धामा आउनुभयो, सबै पदयात्रा व्यवसायी लामो अनुभव संगालेका, सक्षम, बौद्धिक साथीहरु हुनुहुन्थ्यो । व्यवसायीहरुले मलाई निर्वाचन गर्नुभएको छ । निर्वाचन पछाडि हामी एउटै समुह भएको मैले ती साथीहरु, जोजो मसँग प्रतिष्पर्धा गर्नुभयो उहाँहरुलाइ जानकारी गराईसकेको छु । हामी एकसाथ, एकढिक्का भएर काम गर्नुपर्छ र मलाई तपाईंहरुको जरुरी पर्छ, आवस्यक पर्छ भनेर उहाँहरुलाई भनिसकेको छु । उहाँहरुले पनि मलाई सहयोग गर्ने प्रतिवद्धता जनाईसक्नुभएको छ । अहिले जोजो साथीहर निर्वाचित भएर आउनुभएको छ, सबैसाथीहरु मेरा साथीहरु हुन् । हामी एउटै प्रकृतिका मुद्धाहरुमा केन्द्रित हुनेपर्ने भएको हुनाले, उहाँहरु पनि मजत्तिकै सक्षम भएको हुनाले, र हामीले यो दुई वर्षिय कार्यकालमा एकअर्कामा द्वन्द गर्नुपर्ने आवस्यकता हुँदैन, हामी गर्दैनौं, म गर्दिन ।

निवर्तमान अध्यक्ष चन्द्र रिजालको पालामा नेपाल टुरीजम बोर्डबाट केही बजेटको योजनाहरु आउने कुराहरु थिए, त्यो काम अझै बाँकि छ । त्यसको लागि पहल कसरी गर्नुहुन्छ ?

टुरिजमबाट टानलाई आउनुपर्ने रकम त्यो चन्द्र जीको कार्यकालभन्दा अघिल्लो कार्यकालबाट विवादित भएका हुन् । टिनस् मार्फत टानलाई जानुपर्ने जुन रकम थियो त्यो सहि ढङ्गले सदुपयोग भएन । तोकिएको शीर्षकभन्दा बाहिरबाट खर्च भयो भन्ने टुरिजम बोर्डले आशंका गर्यो । त्यहि अनुरुप चन्द्र जीले नेतृत्व गर्दा पनि त्यो देखियो । बोर्डले त्यति सहयोग गरेको देखिएन । अब म आईसकेपछि, टुरिजम बोर्डका सबै साथीहरुसँग छलफल गर्छु । समस्या के हो हामीलाई आशंका नगर्नुस् । हामी तोकिएकै शीर्षकमा रकम खर्च गछौंं । अत्यन्तै पारदर्शीता अपनाउनेछौं । नयाँ नेतृत्वलाई उहाँले सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

“मजदुरका सकारात्मक तथा पपुरा गर्न सक्ने मागहरु हामी पुरा गछौं । व्यवसायी र मजदुरबिच नङ र मासुको सम्बन्ध हुनुपर्छ त्यो स्थापीत गर्न टान पुरै लाग्नेछ “

पदयात्रामा रहेका मजदुरहरुलाई विभिन्न समस्या आईपरेका छन् भन्ने छ, यसलाई न्यनिकरण कसरी गर्न सकिन्छ ?

टानको उनन्चालिसौं वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने चुनावी बैठकमा पनि मैले यो कुरा भन्द्रै आएको छु । टान र मजुदुरको विषेश गरेर सिजनको बेलामा द्वन्दहरु आउने, मजदुरहरुले पाउनुपर्ने सेवासुविधा नपाईको र तलवभत्ता वृद्धि नभएको भन्ने कुराहरु राखीरहेका छन् । यसलाई अलि व्यवहारीक ढङ्गले समाधान गर्नुपर्छ । व्यवसायीहरुले पनि अराजक ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको अवस्था छ । यो पनि गैरकानुनी ढङ्गले अस्वस्थ प्रतिश्पर्धा गरिरहेका छन् । त्यसै कारण मजदुरहरुले मागेको जति सेवासुविधा दिन नसक्ने समस्या छ । अर्को भनेको मजदुरहरुले पनि अराजक ढङ्गले मागहरु राखिरहेके अवस्था छ । जति आफुले पाउनुपर्ने हो त्यो भन्दा अलि बढि मागहरु प्रस्तुत गर्ने गरिरहेका हुन्छन् । यसकारण पनि द्वन्द सिर्जना हुन्छ । यसमा व्यवसायीहरुले पनि ध्यान दिनुपर्छ र मजदुरहरुले पनि आवस्यकताभन्दा बढि माग प्रस्तुत गरेर बखेडा निकाल्नुहुन्न । मलाई विश्वास छ, मजदुरका सकारात्मक तथा पपुरा गर्न सक्ने मागहरु हामी पुरा गछौं । व्यवसायी र मजदुरबिच नङ र मासुको सम्बन्ध हुनुपर्छ त्यो स्थापपीत गर्न टान पुरै लाग्नेछ । अनि अर्को कुरा रेस्क्यु र ईन्सुरेन्सको जिम्मा पनि अब टानले लिनुपर्छ । त्यो पनि ट्रेकिङ कम्पनीहरुको सहमतीमा लिनुपर्छ । अर्को मजदुरको वेलफेयरको कुरा पनि हामीले सोचिरहेका छौं । सम्भवतः आउने केही महिनाभित्रमा नै मजदुरहरुको अधिकांश मागहरु पुरा हुनेछ । आगामी दिनमा व्यवसायी र मजदुरबिच द्वन्द्ध हुनेछैन ।

विगतदेखि नै पदयात्राका क्रममा दुर्घटनाहरु हुँदे आएका छन् । यसलाई नियन्त्रण गर्न र नयाँ पदयात्राहरु खोजि गर्न तपाईंको भुमीका के रहन्छ ?

जतिपनि दुर्घटनाहरु भएको छ, ति पर्यटकहरु आफैं पदयात्रामा गएको कारण यो भएको हो । आफैं जानुभन्दा पनि कम्तिमा एक जना गाईड लिएर जाने बातावरण बनाउन पर्छ, त्यसलाई हामीले प्रयास गर्छौं । पदयात्राको सम्भावना रहेको आकर्षक रुटहरु पनि हामी खोजिरहेका छौं । मेरो नेतृत्वले यस विषयमा प्रतिवद्धता राखिसकेको छ ।

प्रतिकृया

प्रतिकृया