-डा.शिवजी यादव,प्रमुख सचेतक (संघिय समाजवादी फोरम)

 
राजपा र संघिय समाजवादीको गठबन्धन बनेता पनि बागी उम्मेद्धार रहनुको कारण लामो समय पार्टीहरु विच छलफल हुन सकेन । निर्वाचन घोषणा भइसकेपछि जुन किसिमले ठुला दलको ध्रुविकरण भयो त्यसपछि निर्वाचनको क्रममा साना दलहरु थ्रेसहोल्डका कारण ठुलादलहरुसंग मिल्दै जाने क्रम सुरुवात भयो । देशमा बाम गठबन्धन भइसकेपछि त्यसको दवाव स्वरुप अर्को लोकतान्त्रिक गठबन्धनको तयार भयो र त्यसको प्रभाव देशका सवै साना दलमा पर्यो । त्यसो एक किसिमको बाध्यता थियो । तर समयको कारणले मुद्धाको हिसावले राजपा र संघिय समाजवादी एक थियो । र दुईदल विच गठबन्धनको कुरा आएको थियो ।

बागीले उम्मेद्धारी फिर्ता नलिएपनि सहयोग गर्छन 

संघिय समाजवादीका धेरै कुरा परिवर्तनकारी शक्तिसंग मिल्ने थियो जस्तो समावेशिता,राज्यको शासन प्रणाली, संघियता इत्यादी । यो कारणले प्राय कुरा बामपन्थी गठबन्धनसंग मिल्ने थियो । यस्तै परिवेशमा राजपाका धेरै धारणाहरु कांग्रेससंग मिल्ने थियो । यो सवै कुरा हुँदाहुँदै पनि समयको अभावले कुन गठबन्धनमा जाने भन्ने निर्णय लिन समयको पनि अभाव भयो ।

त्यसले गर्दा त्यो गठबन्धनले पुर्ण रुपमा आकार लिन सकेन् । यदी तयहाँ सिट मिलेको भए नेता तथा कायएकर्तालाई कहाँ के भनेर मन माझेपछि व्यवस्थापन गर्न सकिने थियो । तथापी केही बागी उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिनुभएको छ । अझैपनि उहाँहरु त्यस्तो गर्ने पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन । जनता अहिले एकढिक्का छन । मुद्धा प्रति सर्मपित छन ।

मधेस आन्दोलनको बेला देखि नै जुन किसिमले जनता एकढिक्का भएका छन । ति एक भएका जनता हिमालसम्म आफ्ना मुद्धा लैजाान तयार छन । संविधान संशोधन गरेर मधेसका मुद्धा स्थापित गर्नुपर्छ । उनिहरुका हक अधिकारलाई सुनिश्चित गर्नुपर्छ । देशलाई एक ढिक्का बनाएर लैजाउ । आफ्नैमा फुट ल्याउनु हुँदैन । यही सोचले संविधानलाई संशधोन गर्दै कार्यान्वयनमा लैजाने बाटोमा जान संघिय समाजवादीको १७ सिट राजपाको १५ सिट बाँडफाट गरिएको हो । चुनावको दिनमा बागीले पनि हामीलाई पुर्णरुपमा सहयोग गर्छन भन्ने मेरो विश्वास रहेको छ ।

सप्तरीमा यसकारण उपेन्द्र यादवको उममेद्धारी

क्षेत्र निर्धारण गर्नेबेला जुन किसिमले निर्वाचन आयोगले निर्णय गर्यो तयो विखण्डन गर्ने खालको थियो । त्यसकारण यादवजीको क्षेत्रमा कटाई यस्तो गर्यो । चतरा देखि बोर्डरसम्म ७० प्रतिशत पहाडी मुलका समुदाय रहेको क्षेत्रमा राखिएपछि यादवजी नै मधेस आन्दोलनको नायक अनि यादव जी कै क्षेत्रमा त्यस्तो ढंङगले क्षेत्र निर्धारण गरिसकेपछि त्यहाँ भोटको संख्या बढी छ भन्ने आँकलन गरेर पनि एक किसिमको हौवा फैलाईयो । त्यो एउटा कुरा रहयो ।

तर सुनसरीका जनताले क्षेत्र निर्धारण जसरी गरेतापनि उनिहरु विश्वस्त छन की अहिले पनि यादव जी यस क्षेत्रमा निर्वाचन लडेको भए भारी मतले जिताउन तयार छन । तर तयसो नभई उपेन्द्र यादव हिमाल,पहाड तराईलाई जोड्न सक्ने नेता भएकै कारण उहाँको उम्मेद्धारी सप्तरीमा हुन पुगेको हो ।

कांग्रेसले सघाउदैछ यादवलाई ?

लामो समयदेखि गठबन्धनको कुरा चल्दै आएका कारण पार्टी भित्र त्यस किसिमको बुझाई भएको हुन सक्छ । समयको अभावले आधिकारिक निर्णय गर्ने अवस्था आएन् तर दुईपार्टीविच त्यस किसिमको समझदारी नहुने भन्ने कुरा हुँदैन होला । तर मुख्य रुपमा के बुझ्न जरुरी छ भने उपेन्द्र यादवले सुनसरी वा अन्य कुनै क्षेत्रबाट चुनावमा उठेको भएपनि जित्ने कुरामा दुईमत छैन । तर कांग्रेसका नेता तथा अहिलेका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी आएकै कारण उपेन्द्रजी सप्तरी आउनुभएको भन्ने कुरा चाँही होईन ।

प्रतिकृया

प्रतिकृया