नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता डा.शेखर कोईराला यति बेला चुनावी दौडाहमा छन । पार्टीभित्र खुलेर आफ्ना धारणा राख्ने नेता कोईराला आम कार्यकर्ता माझ लोकप्रिय छन । उनै कोईरालासंग आसन्न निर्वाचन र विराटनगर प्रदेशको राजधानी बन्न सक्छ कि सक्दैन भन्ने विषयमा हेडलाईन नेपालले गरेको कुराकानी ।

विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन पर्ने कारण के ?

विराटनगर मात्रै हैन सबै ठाँउमा आफ्नो राजधानी बनाउन पर्छ भनेर सबै पार्टी लागिरहेका छन । जस्तो इटहरीलाई नेपाली कांग्रेसकै साथीहरु राजधानी बनाउन पर्छ भनेर लागेका छन । धनकुटामा त्यस्तै छ । दमक बनाउन पर्छ भन्ने साथीहरु नि हुनुहुन्छ । हामी विराटनगरवासी लागेका छौँ । विराटनगर एउटा पुरानो सहर र यसको आफ्नै राजनितिक महत्व छ । तर विराटनरगमा मात्रै सबै कुरा राख्ने भन्ने हैन । विराटनगर एउटा सिम्बोलिक हुन्छ र त्यसका चारैतिर त्यसका अफिसहरु,मन्त्रालयहरु भवनहरु बन्ने हो । विराटनगर पुरै राजधानी बनाउन सक्ने अवस्था छ जस्तो त मलाई लाग्दैन । हामीहरुले जग्गा लिनुपर्ला, त्यसकारण हामीले चारैतिरलाई समेटेर गर्नुपर्छ जस्तो लाग्छ । यसको छुट्टै राजनितिक पृष्ठभुमी भएकै कारण मात्र हो । अरु त्यस्तो खासै छैन ।

अरु पुर्वाधारले कस्तो छ ? विराटनगर

अरु ठाँउभन्दा पुर्वाधार बनेको ठाँउ हो, विराटनगर । जस्तो मोरङलाई लिँउ न, पुर्वाधार भनेको विराटनगर मात्रै हेर्ने होईन नी । मोरङ कै कुरा गर्दाखेरी पुर्वाधार हेर्ने हो भने अरु ठाँउ भन्दा धेरै बेँसी पुर्वाधार छन । जस्तो भनौ न एयरपोर्ट,विश्वविद्यालय, मेडिकल कलेज यही छन, यी सबै कुराले गर्दा विराटनगर राजधानी बनाउन उपयुक्त ठाँउ हो भन्ने मलाई लाग्छ ।

प्रदेश १ मा नेपाली कांग्रेसले मुख्यमन्त्रीको रुपमा कसैलाई अघि सारेको जस्तो देखिएनन्, अरु पार्टीले तोकेरै प्रचार गर्दा कांग्रेसबाट को हुन्छ ?

नेपाली कांग्रेस जव जितेर जान्छ । त्यसपछि निर्णय गर्छौँ । किनभने हामीहरु संसदिय व्यवस्थामा विश्वास गर्छौँ । संसदिय व्यवस्थामा विश्वास गर्ने पार्टीले निर्वाचन अघि नै मेरो मुख्य मन्त्री यो भन्नुभन्दा पार्लियामेन्ट्री पार्टीले निर्णय गर्यो भने त्यो राम्रो हुन्छ । नत्र भने त संसदिय व्यवस्थाको विधि नै जान्छ नी । जितेर गएको सांसदहरुले वा प्रदेशका सांसदहरुले त्यो निर्णय गर्नेछन । हामीहरु कसलाई मुख्यमन्त्री बनाउनेछौ भनेर ।

तपाईको नाम चाँही भावी प्रधानमन्त्रीको रुपमा आईरहेको छ ,यस कुरालाई डाक्टर साहेवले कसरी लिनुभएको छ ?

हैन मान्छेहरुले भन्ने आफ्नो ठाँउमा हो । जिम्मेवारी पाँए भने गर्नसक्छु जस्तो लाग्छ ।
त्यसोभए यसलाई तपाईले सकारात्मक रुपमा लिनुभएको छ ,

हैन ,जिम्मेवारी पाँए भने गर्छु, तर म त्यसको लागि ह्याङकर गरेर हिँड्ने मान्छे त होईन, मैले भने नी संसदिय पार्टीले निर्णय गर्ने हो नी यो कुरा ।

 

अहिलेको निर्वाचनलाई हामीले निर्वाचनकै रुपमा लिनुपर्छ की जनमत संग्रहको रुपमा ? यसमा नि विवाद छ, तपाँईले कसरी लिनुभएको छ ?

कम्यूनिष्ट गठबन्धन जव भयो नी, यसले गर्दाखेरी जनता अलिकती आत्तिएको म देख्छु । भोली कसरी जान्छ ? यो गठबन्धन , बाम गठबन्धन त भन्दै भन्दिन म, एमाले र माओवादीको गठबन्धन भन्छु । उहाँहरु नै बोल्दै हुनुहुन्छ, ओली जी ले विराटनगरमा र दमकमा आएर के भन्नुभयो भने संसदिय व्यवस्था र्निविकल्प हैन है । पक्का पनि हो कुनैपनि व्यवस्था र्निविकल्प हुँदैन ।

तर उहाँहरुको भित्रि आशय के हो त भनेर बुझ्दाखेरी मैले बुझेको चाँही एक दलिय शासन व्यवस्था नै हो र त्यो व्यवस्थाको पहिलो चरणको खुट्किलो भनेको राष्ट्रपतिय शासन प्रणली नै हो । मैले बुझेको चाँही त्यो हो । उहाँहरुले त्यो अप्रत्यक्ष रुपमा ल्याउनु भएको छ । त्यसकारण त्यो कुरालाई मध्येनजर गरी हामीहरु अघि बढ्नुपर्छ । अहिले भर्खर संविधान जारी भएको छ र संविधान जारी भएपछि उहाँहरु नै संसदिय व्यवस्थालाई अंगालेर हिँडेको अहिलेको राजनितिक दल एमाले हुँदै हो । माओवादीले त त्यसलाई नोट अफ डिसेन्ट लेखेर आफ्नो असमझदारी जाहेर गरेको छ । तर एमालेले अहिले आएर चुनावको मुखमा संसदिय व्यवस्था र्निविकल्प हैन भन्नु चाँही मलाई कता कता अलिकती शंका लागिरहेको छ ।

प्रतिकृया

प्रतिकृया