–गोकुल के.सी

तेश्रो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित मत परिणाम हात नपरेपछि अत्तालिएका नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफूलाई सुरक्षित राख्नका लागि बाम गठबन्धनको लगनगाँठो कसेका छन् । केन्द्रीय नेताहरुले गरेको यो गठबन्धन जिल्ला र गाउँ तहका नेता,कार्यकर्ता र शुभचिन्तका लागि भने आलोचनाको विषय बनेको छ । साठी–चालिसको भगवण्डाका आधारमा गरिएको टिकट वितरणले कार्यकर्तामाझ व्यापक असन्तुष्टि देखापरेको छ ।

बाम गठवन्धनका जिल्ला र गाउँ तहका एमाले समर्थक कार्यकर्ता र शुभचिन्तक भन्छन्, ‘प्रत्यक्ष भोट रुखमा समानुपातिक भोट सूर्यमा ।’ माओवादी समर्थक नेता कार्यकर्ता भन्छन्, ‘प्रत्यक्ष भोट रुखमा समानुपातिक भोट हसिया हथौडामा ।’ एक अर्काबीचको अविश्वासले एमाले र माओवादी नेता कार्यकर्ताबीचको सम्वन्ध झन् धरापमा पुगेको छ । जसले गर्दा बाम गठबन्धन आफैंमा प्रत्युत्पादक बनेको छ ।
प्राप्त उपलब्धीको रक्षा र संविधान कार्यान्वयनको महत्वपूर्ण अस्त्रको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुनिश्चितताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको औचित्य पुष्टि भएको छ । निर्धारित समयमा चुनाव हुन नदिने तानावाना बुनेका बाम गठबन्धनले चुनाव नभए त्यसको अपजस प्रधानमन्त्री देउवालाई थुपार्ने र चुनाव भए आफ्ना कारणले भएको भन्ने भ्रम छर्ने दाउँमा माओवादी एमाले लागेका थिए । बाम गठबन्धनको असली रुप उदाङ्गिएपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरुको उपस्थिति दयनिय हुने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा हेबीवेटको चर्चालाई नेपाली अखवारहरुले विषेश स्थान दिएका छन् । राजधानीसँगै सीमाना जोडिएको जिल्ला सिन्धुपाल्चोक क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र क्षेत्र नम्बर दुईमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा चुनावी मैदानमा ओर्लिएका छन् । बाम गठबन्धनले क्षेत्र नम्बर एकमा माओवादीका अग्नीप्रसाद सापकोटा र क्षेत्र नम्बर दुईमा मा शेरबहादुर तामाङलाई अघि सारेको छ ।

समृद्ध सिन्धुपाल्चोक निर्माण गर्ने स्पष्ट कार्ययोजन बनाएर राजनीतिमा होमिएका विकासप्रेमी नेता बस्नेतको प्रतिस्पर्धीमा हिंसा, हत्या र विनाशको बाटोबाट राजनीतिमा आएका माओवादीका अग्नीप्रसाद सापकोटा छन् । बस्नेतको विकासे कार्यशैलीलाई देखेर आम मतदाताहरुले विश्वास र भरोसा गरेका मात्रै छैनन् उनलाई, सिन्धुपाल्चोक जिल्लाकै विकास निर्माणको अगुवा मानेका छन् ।

विकासकै कुरा गर्ने हो भने सदरमुकाम जोड्ने बाटो कालोपत्रे, जिल्लाका प्रत्येक गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने, प्रत्येक गाउँ टोल हुँदै घर–घरमा मोरबाटो पु¥याउने, स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउने, विद्यालय, स्वास्थ्य संस्था, खेल मैदान, पौडी पोखरी, ग्रामिण विद्युतिकरण, टेलिफोन र मोवाईल सेवाको उपलब्धता बस्नेतकै पहलमा भएको हो । यति मात्र नभई लार्चामा बेलीब्रिज निर्माण गरी आवगमन सहज बनउने काम उनले मन्त्री पदको सफथ लिएकै भोलिपल्ट गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाको मात्र नभई नेपाल र चीनबीचको सबैभन्दा छोटो व्यापारीक नाका तातोपनी भूकम्पपछि बन्द भएकोले उक्त नाका खुलाउएर व्यापारीक गतिविधि सुचारु गर्न उनले पहल गरिरहेका छन् । सञ्चार सुविधाबाट विच्छेद रहेका सिन्धुपाल्चोकका दुर्गम गाउँहरु उनै सञ्चार मन्त्रीसँगै जोडिएका छन् । सञ्चार सुविधा जोडिएसँगै त्यस क्षेत्रका जनताले मानव जीवनको अभिन्न अङ्गग बनेको इन्टरनेट सुविधा पनि उपभोग गर्न पाएका छन् । त्यती मात्र नभई मन्त्री बस्नेत आम नेपालीको घर–घरमा इन्टरनेटन सुविधाको पहुँच पु¥याएर डिजिटल नेपाल निर्माण गर्ने अभियानमा समेत जुटेका छन् ।

भूकम्प र बाढी पहिरोको प्रकोपमा परेका सिन्धुपाल्चोकबासीहरुको राहत र उद्धारमा उनले नेतृत्वदायी भूमिका खेलेको त्यस क्षेत्रका पीडितहरु नै बताउँछन् । ०७२ वैशाख १२ को भूकम्पमा होस् वा जुरेको पहिरोमा उनले तत्काल उद्धार, राहत तथा पुनस्थानाका लागि पहल गरेका थिए । प्राकृतिक विपत्तिको पीडाले आहत बनेका जनताको पीडामा मलम लगउन उनले सरकारी र गैरसरकारी संघ–संस्थाहरुको सहयोग समेत उल्लेख्य मात्रामा भित्र्याएका थिए ।

‘मन्त्री बस्नेतले राजनीतिका नाममा झुटको खेती कहिल्यै गरेनन् ।’ एक व्यवसायीले भने, ‘जनताले अनुभूति र प्रशंशा गर्न लायक काम यस जिल्लामा उहाँले धेरै गर्नु भएको छ ।’ उनले थपे, उहाँको पहलमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत सेवाको उपभोग गर्न हामीले पाएका हौं । सिन्धुपाल्चोक जिल्लालाई विकासको राष्ट्रिय मूल प्रवाहमा उहाँले नै जोड्नु भएको हो । यस कारण सिन्धुपाल्चोकका मतदाताले पार्टी भन्दा माथि उठेर विकासलाई मतदान गर्ने उनले बताए ।

क्षेत्र निर्धारण आयोगले सिन्धुपाल्चोकको पूरानो क्षेत्र नम्बर एकको सबै भू–भाग र क्षेत्र नम्बर दुईको आशिंक भागलाई मिलाएर निर्वाचन क्षेत्र नम्बर एक कायम गरेपछि बाम गठबन्धनका सापकोटा त्यस क्षेत्रमा पाहुना उम्मेदवारजस्तो बनेका छन् । यस अघिको निवाचनमा बस्नेतले प्रतिनिधित्व गरेको क्षेत्रमा विकास निर्माणले गति पाएको छ, भने सापकोटाले प्रतिनिधित्व गरेको क्षेत्र सिन्धुपाल्चोको कर्णाली जस्तो बनेको छ । विकासको प्रचुर सम्भावना बोकेको सापकोटको गाउँ कुपिन्डे, जलवीरे क्षेत्रनै अविकसित र पछौटेपनको पहाडले थिचिएको छ ।

सापकोटा पटक–पटक संसद र मन्त्री बन्दा समेत त्यस क्षेत्रको मुहार नफेरिए पछि स्थानीयहरु उनको विकल्प खोज्न थालेका छन् । चुनाव प्रचारको क्रममा सापकोटाको गाउँ पुगेका मन्त्री बस्नतेको स्थानीय मतदाताहरुले भव्य स्वागत गरेका थिए । सापकोटाको प्रभाव क्षेत्र मानिने जुगल गाउँपालिकाको बराम्चीमा नेपाली कांग्रेसले गरेको चुनावी आमसभामा माओवादी र एमालेका हजारौं नेता कार्यकर्तालाई बस्नेतले सिंन्दुर र खादा पहिराएर कांग्रेसमा भित्र्याए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेमा प्रवेश गरेका वाईसीएल जिल्ला उपाध्यक्ष विनोद लामाले अविकास, पछौटेपन, हिंशा र भ्रष्टाचारले दुर्गन्धित बनेको बामपन्थी गठबन्धन पतनको बाटोमा लागेकोले लोकतन्त्रको रक्षा, दीगो विकास र अर्थिक समृद्धिको लागि नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘मोहनबहादुर बस्नेतको जीतले मात्र सिन्धुपाल्चोक जिल्लाका युवाहरुका भविश्य उज्ज्वल हुन्छ ।’

निकै चर्चाको विषय बनेको सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचनको पूर्वानुमान बारे कौतुहलता मेट्न एक राजनीतिक विश्लेषकलाई सोधिएको प्रश्नको प्रतिउत्तर थियो, विकासका प्रयार्यवाची बस्नेत र विनाशका शिरोमणी सापकोटाबीचको चारित्रिक अन्तर हेर्दा कुन नेता मतदातको पहिलो रोजाईमा पर्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।

उनको ओजिलो जवाफ निकै मनन योग्यो थियो । यसै गरी निर्वाचनको सेरोफेरामै केन्द्रीत रहेर जुगलका एक युवासँग गरिएको कुराकानीमा उनले पनि यस्तै धारणा व्याक्त गरे । उनले भने यस क्षेत्रमा माओवादी र एमालेप्रति मतदाताको विश्वास गुमिसकेको छ । द्वन्द्वको नाममा माओवादीले गरेको कुकृत्य र एमालेले जनतालाई गरेको विश्वास घातको जवाफ जनताले आफ्नो अभिमतमार्फत् प्रकट गर्नेछन् ।

प्रतिकृया

प्रतिकृया