३० कात्तिक,दाङ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही जिल्लाहरुमा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेपछि दाङमा पनि सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म सुरक्षा चुनौती नदेखिए पनि उम्मेदवार, उनका परिवार तथा मतदान हुने स्थलको सुरक्षा योजना तयार पारेर कार्यान्वयन भैरहेको दाङका प्रहरी प्रमुख दुर्गा सि‌हले बताए।

जिल्लाका १ सय ५१ मतदान स्थलमध्ये ६ ओटा अति संवेदनशील, १ सय २८ ओटा संवेदनशील र १७ ओटालाई सामान्य अवस्थामा विभाजन गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको सिंहले बताए ।

मंसिर २१ गते हुने चुनावका लागि दाङमा १ हजार २ सय ७६ नेपाल प्रहरी र १ हजार ६ सय म्यादी प्रहरी परिचालित हुनेछन् । नेपाली सेना सशस्त्र प्रहरीले थप सुरक्षा प्रदान गर्ने छन् । जिल्लामा चुनावविरुद्ध केही ठाउँमा कालो झण्डा देखाउने तथा रातिमा वाल पेन्टिङ गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया