-आर पोखरेल

१ मंसिर, काठमाडौं, । देवि म्युजिक सोलुसनको प्रस्तुतिमा गायक रमेश गोरखाली र गायिका रचु थापाको लोकदोहोरी एल्बम “ बत्ति झै बलेकी ” आजबाट बजारमा आएको छ ।

नेपाली मौलिक परम्परा र सस्कार भित्र पर्ने रोधी घरमा भेटिएकी मायालुको प्रसंसा गदै गितलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

माया प्रेमका सम्वादहरु ल्यात्मक रुपमा समेटने प्रयास गरिएको छ । लोपहुने अवस्थामा रहेको रोधी बस्ने परम्परालाई जिबन्त राख्नको लागी गितमा खोजिएको छ ।
आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा मौलिकतामा विशेष रुपमा जोड दिइएको छ ।

निश्चल दवाडीको शब्द , सुरज लामिछानेको संगित रहेको छ ।सागर गौतमको छायाँकन, अविनास डिसीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “बत्ति झै बलेकी ”को करिष्मा ढकाल, रमेश गोरखाली र राजकुमार सुगमको अभिनय रहेको छ ।

प्रतिकृया

प्रतिकृया