२ मंसिर, काठमाण्डौं ।  प्रगतिशील लेखक संघ -प्रलेस_ का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट शुक्रबार बेलुका थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि x’g\।

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु -क्रान्तिकारी_ का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ । रासस

प्रतिकृया

प्रतिकृया