–  सुरेश अर्याल


देश प्रादेशिक र प्रतिनिधि सभाको चुनावले तात्नु तातेको छ।गामी मङ्सिर र २१ गरि दुई चरणमा हुने भनिएको यस चुनाव करिब ३२ जिल्लामा पहिलो र बाकी जिल्लाहरुमा २१ गतेको दोस्रो चरणमा सम्पन्न हुदैछ ।साथै मतगणना भने दुबै मतदान सकिएपछी हुने निर्वाचन आयोग बताउँछ ।हरेक चोक गल्ली र चिया पसलहरुमा चुनाबी रौनक छाएको छ।

विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेद्बारहरुको चुनावी प्रचार तथा गोष्ठी सम्मेलन हरुले स्थान पाउदै गएको छ।कतिपय मानिसहरु निर्वाचन प्रणाली तथा नया संरचना बारे अझै अन्योल भएको बताउँछन् ।केही मानिसहरु त अझै आफ्नो निर्वाचन केन्द्र प्रदेश नम्बर मतदान केन्द्र साथै उमेदवारहरुको बारेमै अनबिग्य देखिन्छन।

मुख्य प्रतिस्पर्धा र सम्भावित उमेदवारहरु:

मुख्य दुई घटक,नेकपा एमाले र माओवादी केन्द्र बिचको गठबन्धन र काङ्ग्रेस ले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धन गरि दुई छुट्टाछुट्टै घोषणापत्र लिएर दलहरु ध्रुबिकृत हुँदै चुनावी मैदानमा छन् ।केही विशेष स्थानहरुमा भने स्वतन्त्र तथा केही साना पार्टीका चर्चित अनुहार हरु अघि छन् ।बाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धन दुबैले आफुलाइ दुई तिहाइ बहुमत दिन जनता सङ आग्रह गर्दै प्रचार मा छन।केहि महिना अगाडि सम्पन्न भएको स्थानीय तहको परिणामलाई आधार मानेर भन्ने हो भने अधिकास ठाउँ हरुमा बाम गठबन्धन अगाडि हुने सम्भावना छ।तर उम्मेद्बारको ब्यक्तिगत आचरण, उम्मेद्बारी दिदाको तिक्तता ,गठबन्धन प्रती जनताको संका साथै कार्यकर्ता बिचको भेद अनि गुट साथै बागी असन्तुष्टिले नतिजा उथलपुथल हुने संभावना भढेर गको छ।तर यदि बाम गठबन्धन ले यी सबै समस्य चिर्दै अघि बढेमा लोकतान्त्रिक गठबन्धनको पत्ता साफ नहोला भन्न सकिन्न,तर यो संभावना न्यून छ।फेरि बाम गठबन्धन बिचको किचलो ले काङ्ग्रेस हावी हुन सक्ने त्यस्ता थुप्रै ठाउहरु पनि नभको होइन,यस कारण पनि चुनाव रोमान्चक बनेको छ ।

केही बिशेष रोमान्चक ठाउँहरु :

चितवन ३ :
प्रचण्ड पुत्री लाई जबर्जस्ती जिताइएको यस ठाउँमा यश पटक प्रचण्ड आफै भिड्दैछन।उनका प्रमुख प्रतिद्वन्दी को रुपमा पुर्व साम्सद बिक्रम पाण्डेलाई हेरिएको छ।बिकास निर्माण साथै जनपृय नेता पाण्डेलाई काङ्ग्रेसको साथ छ,दुई पटक प्रधान मन्त्री भैसकेका प्रचण्डलाई पुर्व मन्त्री बिक्रम पान्डे चुनौती बनेका छन,उसो त माओवादि कमजोर मानिएको उक्त ठाउँमा प्रचण्डलाई एमालेको साथ छ तर कार्यकर्ता साथै स्थानीय भने पाण्डेको समर्थनमा छन,छोरी जिताउदाकै कान्ड फेरि नदोहोरिएमा प्रचण्डको हार हुन सक्ने आकलन गरिन्छ।यधपी स्थानीय चुनावको भोट् नतिजा कायम रहेमा नतिजा रोमान्चक हुनेछ।

काठमाडौं १:
अति शिक्षित जनताको बसोबास रहेको काठमाडौं १ मा यस पटक काङ्ग्रेसका प्रकाश् मान सिंह र साझा पार्टी का संयोजक रबिन्द्र मिश्र बिच प्रतिस्पर्धा हुने अनुमान छ,साथै बाम ग्ठबन्धनका शर्मा को पनि उत्तिकै सम्भावना देखिन्छ ।यदि स्थानीय चुनाकै हाराहारिमा विवेकशील-साझाले भोट पाउने र रबिन्द्र मिश्रको ब्यक्तित्व को र एजेन्डाको मत बढेर आयो भने मिश्रको जित सुनिश्चित छ।राजनितिक पृष्ठभुमि भएका प्रकासमान पटक पटक बिजेता हुदा पनि न देश ले न उक्त ठाउँले परिवर्तन महसुस गरेनन् ।रबिन्द्र को तुलनामा प्रकाशमान को न भिजन छ ,न केही गर्ने ठुलो अठोटनै,,रविन्द्रको प्रचार शैली बिवेक अनि उनको तारिफ को आधार माभन्दा मिश्रको जित निश्चित प्राय छ,यदि हार भएमा त्यो सबैका लागि दुर्भाग्य हुनेछ।

झापा :
नेका का पुर्व महामन्त्री सिटौला सङ यस्पटक रापपाका नेता राजेन्द्र लिङ्देन भिड्नेछन् ।लिङ्देन एमाले माओवादि तथा राप्रपा का सम्युक्त उमेद्वार हुन,,आशा लाग्दा युवा नेता लिङ्देन को जित लगभग निश्चित छ,,लिङ्देन झापाको मात्र अभै देशकै आशा लाग्दा ब्यक्ति हुन् ।

मोरङ ५ :
सामान्य प्रसासन मन्त्री भैसकेपछी एकाएक चर्चामा आएका एमालेका नेता साथै नेपाली बैज्ञानिक लालबाबु पन्डित सङ कोइराला खानदानका काङ्ग्रेसका प्रभावशाली नेता शेखर कोइराला भिड्ने भएका छन।पण्डितलाई यश पुस्ताकै निश्ठावान,देश्प्रेमी एक महान नेताको रुपमा चिनिन्छ।मधेशमा अलि धेरै पैसा अनि भोजभतेर अनि डर धम्की ले पनि चुनाव लाई प्रभावित पारेको देखिन्छ,,जुन कुरामा पन्डित भम्दा कोईराला धेरै माहिर छन् ।साथै फोरम लोकतान्त्रिकको पनि उन्लाइ समर्थन रहेको ले पण्डितले हार्न पनि सक्ने संभावना छ,,यध्यपि पन्डित देशको लागि जित्नै पर्ने मान्छे हुन् ।

गोरखा ३ :
कुनैबेलाका सफल अर्थमन्त्री मानिने पुर्वप्रधानमन्त्री बावुराम भट्टराई यस्पाली उनलै पुर्व मित्र नारायणकाजी श्रेष्ठ सङ लड्दै छन् ।आँखा चिन्ह लिएर होमिएका भट्टराई नयाँ शक्ति नेपाल्का सम्योजक हुन।पहिला दुबै जना एउटै पार्टीका भएकाले लगभग भोटर एउटै हुन् ।बारम्बार चुनाब चिन्ह फेरिरहने भट्टराई गोरखाबाट पटकपटक निर्वाचिन ब्यक्ति हुन,यश पटक नारायणकाजि, भट्टराईला मुख्य चुनौती हुन,निश्ठाको राजनिती गर्ने साधारण जीवनशैली भएका सरल तथा इमान्दार मध्यमार्गी नेता श्रेष्ठ आफू जित्ने बताउछन् ।यधपी नतिजा न आउदा सम्म कस्ले जित्ला भन्न गाह्रो छ।

राजेन्द्र महतो र निधि   :
स् अंगीकृत नागरिक महतो,काङ्ग्रेसका मधेसी नेता बिमलेन्द्र निधि सङ चुनावी प्रतिस्पर्धामा छन् ।भारतिय राजदुत सहित कओ बहारतिय टोलिका साथ प्रचार प्रसार मअ लागेका निधिलाइ भारतको राम्रै साथ छ।यश कारण पनि महतोको हार निश्चित नै छ भन्दा हुन्छ।तर बाम गठबन्धनको उम्मेद्बारी नभएकोले उक्त ठाउँमा बामको मत तान्ने दाउमा महतो छन् । बामपन्थिको भोट महतोलाइ गएमा चाइ नतिजा उल्टिन पनि सक्ला।

काठमाडौं ५  :
इश्वर पोखरेल खक प्रकाश्शरण महत खक उज्वल थापा एमालेका प्रभावशालि तथा महासचिव इश्वर पोखरेल ५४ सालमा निर्वाचित भए पछाडि लगातार झिनो मतले चुनाव हारेका नेता हुन्,तर उन्को वाक्पटुता कार्य शैली अनि ब्यक्तित्व उदाहरणिय छ, उन्को प्रतिश्पर्धिको रुपमा काङ्ग्रेसका प्रकाशशरण महत पहिलो पटक टुरिस्ट उमेदवारका रुपमा यहाँ आएका हुन् ।उन्को ल्हासै चर्चा छैन तर अघिल्लो पटकको चुनावमा कांग्रेसले जितेको ठाउँ हो यो,यस्तै साझा पार्टीका उज्वल थापा पनि बलियो देखिन्छन्।त्यसैले कस्ले जित्न सक्ला भन्न गाह्रो भएतापनी इश्वर को संभावना बलियो छ किनकी उन्लाइ थोरै भएपनी माओवादीको भोट जाने छ।

काठमाडौं ४  :
गगन थापासँग डा. राजन भट्टराई विद्यार्थीकाल देखिकै चर्चित नेता गगन थापा अझै उत्तिकै चर्चाको शिखरमा छन् । स्वास्थ्य मन्त्री हुँदा राम्रै काम गरेका थापा उक्त ठाउँका पुर्व साम्सद पनि हुन् ।उनीसँग प्रतिस्पर्धाका लागि एमालेका शालिन तथा सरल उदाहरणिय ब्याक्तित्व डा. राजन भट्टराई छन् । छविकै हिसाबले भन्ने हो भने उनी गगनकै हाराहारिका नेता पनि हुन भलै उनले ऐले सम्म अबसर पाएका छैनन् ।यसै भन्न सक्ने अवस्था त छैन,तर तिब्र प्रतिस्पर्धा हुने सन्केत मिलेको छ यधपी दुबै जित्नु पर्ने अनुहार हुन।

प्रतिकृया

प्रतिकृया