– संरक्षण रुपक


कथा : कक्टेल जिन्दगी

हल्लो…कार्यकक्ष बाटै फोन रिसिभ गरे
टु डे,
ग्यादरिङ,
कम हियर ,
वि आर वेटिङ फर यु
भाचिएको अङ्ग्रेजी सहित साथीले मलाइ निम्ता गर्यो।
जाडो मौसमले पाइला टेकिसकेको छ, पुर्वी हिमालले गर्मी महिना लाई मज्जाले गिज्याइरहेको हुने थियो यदि बिहान भएको भए तर घाम अस्ताइसकेको छ अनि म हिमाल देख्न नसकिने एउटा बन्द कोठा भित्र छु,गुजारा टार्न कै निमित्त कयौं रहर हरु लाई मनको कुनामा थन्क्याएर नोकरी गर्दै छु, र बोले ,कहाँ आउने म?
-सुन्धारा
-ओके
मैले नाइ नास्ती गरिन आखिर साथी हो उ अहिले सम्म मेरो कुरा केही काट्दैन भने म चै उस्लाइ कसरी नकार्न सक्छु र।
घाम अस्तायो साझ पर्यो,साझ तुरुन्तै रात भैहाल्यो।
मेरा साथी हरुले त मलाइ पर्खदै छन तर यो समय कसैलाइ पर्खदैन तब मलाइ लाग्यो साला समय भन्दा त कयौं गुणा विस्वासीलो छन मेरा साथी हरु।

समयको बेवास्ता गर्दै साथीको वास्ता गर्न म सुन्धारा पुगे।भत्किएको धरहरा अगाडी नै मेरो पर्खाइको महल ठड्याएर बसेका रैछन मेरा ४ आत्मीय मित्र हरु।हात,अङ्गालो,माया आत्मियता सबै मिसाइयो क्षणभर मै, होटल बुक गर्न भनेर हामी सिभिल महल को पछाडि गल्ली पुग्यौ।समस्या आफू बस्ने हैन वाहन बसाउने थियो ,रुम भन्दा पहिला पार्किङ सोधियो ,उहुम गाह्रो रैछ बल्ल बल्ल एउटा मा मिल्यो।

कहाँ लान्छन के गर्छन मलाइ केही पत्तो छैन एउटा रुम बुक गरे ,कोठा हेर्नुस भन्दै थिए त्यहाका मालिक,
भैगो कोठा नम्बर थाहा भए हुन्छ,
अं साची हामी आउन ढिला होला फोन गर्छौ गेट खोल्दिनु है,रिसेप्सन टेबलमा रहेको होटल को भिसिटिङ कार्ड समात्दै साथी बोल्यो र हामी निस्कियौ फेरि।

ग्यादरिङ गर्न बोलाको,बस्ने ठाउँ बाटै निस्किएपछी म चुप रहन सकिन अनि सोधे कहाँ जान लाको होर ओए?
सबै गिलिल्ल हासें,तर म मजाकको पात्र भने बनिन आज को रात कहाँ के कसरी थाहा छैन,वि जस्ट निड फन।साथी बोल्यो
खास गन्तव्य चै कता त अब?
ठमेल,मैके सटिक उत्तर पाए
अनि बाइक मै जाउ न त ,त्यहा सम्म हिड्दै जानू?फेरि हासे उनिहरु र बोले,साले कत्रो मेहनतले बनाएको लाइसेन्स हो मेरो, तेरो, सबैको त्यस्लाइ प्वाल पर्न बाट हमेसा जोगाउनु पर्छ। सोचे आजको रात सराबी हुने भयो तर केही बोलिन।

भर्खर रात परेको बेला,काठमाडौ महल अगाडी बाटो नै ढाकेर ओहोरदोहोर गरिरहेका छन मानिसहरु ,त्यहा जस्लाइ पनि हतार छ आफ्नो बासस्थान पुग्न,तर हामीले बासस्थान छोड्न हतार गरिसकेका थियौ। पाच भाइ को दस पाइला एकतमास ले अगाडी बढ्दै छ,हामी रत्नपार्क को पारी पुग्यौ,ठ्याक्कै अन्डर ग्राउन्ड ब्रीज पुग्दा पारी पट्टी साइरन जडित सवारी हुइहुइ गर्दै थियो मैले खासै वास्ता गरिन।तुरुन्तै मेरो कुम मा ठोक्किदै एक अधबैंसे आइमाई खुब रिसाएर च्याठ्ठिदै गइ,भन्दै थिइ”साले हरु गरेर खान पनि दिदैनन्”
मैले उस्को पीडा बुझ्न सकिन मात्र अड्कल गरे अनि फेरि मत्लब गरिन।जमल हुँदै केशरमहल पुग्यो हाम्रो टोलि त्यहा बाट ठमेल तर्फ मोडियो।मेरा एकजोडी आँखा त्यही भएको “द गार्डेन अफ ड्रीम्स” मा गएर विश्राम लिग्यो,मनले एकपटक बिगत सम्झियो,छाती पोले जस्तो भयो,केही गर्मी भएजस्तो हपहप।लगाएको विन्सिडर खोलेर हात मा झुन्डाए, कुनै समय त्यै ठाउँ बाट मेरो ज्याकेट आफ्नो हातमा लिग्दै मलाइ कतै भाग्ला कि झै गरि समाउने मेरि प्रेमिका को याद आयो, म टोलाए।

ओए के हो खादै नखाइ झ्याप भैस कि क्या हो? साथी ले धाप मार्यो,
हाहा मैले हासेरै टारिदिए।
हामी त्यहा बाट फेरि अगाडी बढ्यौ
ठमेलमा पनि गल्ली पिच्छे नाम फरक छ खयर म त्यो पुरै एरिया लाई नै ठमेल बोल्छु।
बजार हरु अन्त सुत्न लागिसके तर ठमेल भर्खर उठेको छ।
मेरो मिल्ने साथी सबिन,सायद उ नाइके हो कम्सेकम आजको लागि ,होटल बुक गर्न तम्सिने,वि जस्ट निड फन भन्ने,लाइसेन्स जोगाउनुपर्छ भन्ने अरु कोहि नभएर सबिन नै थियो।त्यहा पनि उ नाइके बन्यो सरासर एउटा रोधिघरमा उकाल्यो हामी लाई,सायद आजको स्पोन्सर हुनुपर्छ उ।

टेबल नम्बर ८ हाम्रो टोलि ले ओगट्यौ स्टेज भन्दा सिधा अगाडी पर्ने लास्ट को हाम्रो टेबलमा एउटि सुन्दरी आइन अर्डर टिपाउन,खुबै मस्किदै थिइ मैले वास्ता गरिन यो त उस्को दैनिकी हो अनि ब्यापारी शैली पनि
के मगाउने?
सबैले सबैको चेहरा पढ्यौ,सबैको रोजाइ बियर बन्न पुग्यो,एउटा उमेरले भाइ ल्याङ्ल्याङ् गर्न खोज्दै थियो मलाइ एप्पल साइडर म बियर खान्न भनेर तर बाकी चार जनाको ८ ओटा ठुला आँखा उ तर्फ सोझिएको देखे पछि उ केही बोलेन।
बियर ५ वटा
एप्पल फ्लेवरको हुक्का
चिकेन चिल्ली
सुकुटी
साधेको भटमास यस्तै यस्तै अर्डर टिपाइयो
नाच्न त हामी कोहि पनि नजान्ने तर माहोल रमाइलो बनाउन बसेकै ठाउबाट कुम हरुलाइ लथालिङ्ग हल्लाउन थालियो साथीसङ्ग आँखा जुधाउदै।अर्डर आइपुग्यो ,साथी सिपालु थियो धेरै फिज ननिकाली खन्याउन मा उस्ले ५ ओटा ग्लास भर्यो,चियर्स गर्ने समयमा मैले मोबाइल झिके र पाच गिलास बियरको फोटो खिचें।

साले रक्सी खाएको फोटा खिचेर बसिर त ,मोबाइल राख, सुरु गरौ।केही हप्काएको जस्तो स्वरमा बोल्यो सबिन
म आज्ञाकारी बने
पाच वटा ग्लास टेबल बाट उठाएर ठोक्काइयो भलै ग्लास रित्ता हुन्थे भने ठूलो आवाज आउथ्यो होला,सम्भवत ग्लास चर्किन पनि सक्थ्यो तर त्यहा ग्लासको सानो आवाजलाइ साथी हरुको चियर्स शब्द ले छोपिदियो।
एक घुट्को पिए नमिठो भो सुकुटी चपाए,
लुसुक्क मोबाइल झिकेर अगिको फोटो फेस्बुकमा अप्लोड गरिदिए क्याप्सन “#चियर्स” लेखेर,खासमा मलाइ दुनियाको भय लाग्दैन, तुरुन्तै मोबाइल लुकाइ हाले। अगाडी “माया जाल बुन्छु म” भन्ने गित गाइरहेका छन्, पछाडी म त्यै माया लाई सम्झदै सिन्कामा सुकुटि उन्दै छु।
हुक्का,सितन,बियर
क्रमबद्ध चलिरहेको छ ,सामान्य गफ पनि छ त्यो हल्लाको बिचमा,
नशा थोरै चढ्यो ,गिलास पुरै रित्तियो उफ्फ फेरि थप्नु पर्ने भो
एक्स्क्युज् मि
वेटर आइन
अगिकै अर्डर लाई नवीकरण गर्दिनु है सबिन रमाइलो पारामा वेटर लाई जिस्क्याउने हेतुले बोल्यो उ मुसुक्क हासी र हस भनी
अनि गित टिपाउनुस भनी र एउटा कागज दिइ ,उ जाने बेलामा मैले २ वटा चुरोट थप अर्डर गरे।

“गाउने हो र गित?” मैले मुख बिगार्दै सोधे
त्यत्ती पनि गर्दैनस हाम्रा लागि? अर्को सौगात बोल्यो ।केटाहरुको चेहरा पढे अनि बोले “साले तिमीहरुको लागि गित गाउन हैन यो घाँटी रेटाउन तयार छु”
कागजमा लेखिदिए
भाका”फुल्यो बामरी”
गाउने मान्छे “बिनय”
साथी हरुको प्रेम मिसिएको अनुरोध नकार्न सकिन र मैले नै गाउने निर्णय गरे , कागज अगाडी पठाए।
नशा ले केही हद सम्म आक्रमण गरिसकेको छ हामी लाई ।एकैछिन पछि स्टेज बाट अनाउन्स भयो

टेबल नम्बर ८
फुल्यो बामरी
बिनय
आधाउधी भएको गिलास र सितन सबै छोडेर हाम्रो ग्रुप अगाडी पुग्यो म गाउने अनि उनिहरु नाच्ने सर्तमा।
माइक समाते र सुरु गरे
हे………तिम्रै ठाउमा आका छौ छन त
के के गर्छौ ल अब भन त
फुल्यो बामरी…………

हे…पिर नमान जे पनि दिउला
तिम्लाइ आफ्नो श्रीमान सम्झिउला
फुल्यो बामरी ……

यस्तो उत्तर आयो ,मलाइ लाज लाग्यो तैपनी लाज लाई नशा ले जितिछाड्यो त्यस्तै शृङ्गारिक दोहोरी चल्यो एकछिन साथी हरु उफ्रि उफ्रि नाचिरहे एकछिन त पूरा रोधिघर नै बिनय मय बन्यो र हामी फेरि आफ्नै टेबलमा फर्कियौ। रातको बाह्र बज्न लागिसकेको छ।हाम्रो सबै बोतल र ग्लास हरु शरिरमा छुट्टै उर्जा थपेर रित्तिसकेका छन।
अब निस्किउ है
सौगात बोल्यो सबैले हो मा हो मिलाए बिल आयो नभन्दै बिल सबिन ले नै तिर्यो म बस हेरिरहे केही बोलिन।

रोधी बाट निस्किन नपाउदै एउटा डान्सबार को गेट मा बस्ने दाइ ले आउनु आउनु भन्दै तान्न थाल्यो,
जाउ यार अब सुतौ इट्स इनफ म बोले
तर मलाइ कसैले सुनेनन् सबै छिरेपछि म पनि पछि लागे,छिर्ना साथ आधा लुगा लगाएकी एउटि केटि आइ नजिकै ,टासिन खोजी
“सरि ”
म यत्ती बोले उ आफै पाखा लागि उता बिक्रम खुब मस्किदै थियो एउटि आइटम सङ्ग।अर्डर टिपाउन आइहाले
सिर्फ एउटा बियर मगा मैले सबिन लाई आँखा सन्काए।

बियरले छोएन यार एउटा भोड्का खाउ बोली लर्बर्याउदै बोल्यो उ।साला हासो उठ्यो नशा ले झ्याप भएर आफ्नो अवस्था पनि थाहा पाउन सकेको छैन अझै छोएन रे ,हाहा
तर केही बोलिन रक्सी खाएको बेला धेरै सवाल जवाफ गर्न मन पर्दैन मलाइ।भोड्का आयो ग्लास ६ वटा बिक्रम सङ्ग टासिएर बस्ने केटि लाई समेत।मलाइ आपत पर्यो उता बियर खाइयो यता भोड्का साला कक्टेल हुने भयो नखाउ भने रक्सी भन्दा नमिठो वचन सुन्नुपर्छ साथी को।साला मीठो त के छ र अचेल,बिगत नमिठो,भबिस्य मीठो हुने छाटकाट नै छैन,धन्न अहिले साथीको साथ मीठो थ्यो त्यो पनि रक्सी मिसियो कक्टेल बनेर दिक्क लाग्यो तैपनी सुइक्याए अगाडिको नाचको मजा लिदै।

त्यहा बसिरहनु उचित लागेन मलाइ त्यस्पछी कहर हैन अनुरोध गर्न थाले साथी हरुलाइ,बिक्रम केटि सङ्ग छुट्टिनै खोजेन,”साले स्त्रीलम्पट” सबिन बिस्तारै बोल्यो
सुस्त आवाज पनि सुन्यो बिक्रम ले सायद उ पनि बल्ल तल्ल छुट्टियो बर्षौ पछि भेट भएको जोइपोइ सङ्ग छुट्नुपर्दा को जस्तो अमिलो मन बनाएर।
बिल मैले तिरे यस्पाली ,सबैको भाउ तेब्बर भन्दा चर्को तर के गर्नु खाएपछि ओकल्नै पर्छ जता बाट भएपनी।

हामी बाहिर निस्कियौ ,सौगात त भन्दै थियो अब क्लब जाउ ,साले थुइक्क जड्याहा भनेर मैले सडकमा थुके धन्न रिसाएन मोरो।मध्य रात छ १ बजिस्कयो सडक पूरा लम्पसार छ लम्पसार सडकलाइ दिन भर कयौ का सपना बोक्दै हिड्ने टायर ले कुल्चियो साला मध्यराती पनि कुल्चिन छाडेन जड्याहा को पैतालाहरुले।

हामी रोडैरोड आयौ ,जमल ,रत्नपार्क ,काठमाडौ महल हुँदै।साला साझमा त रत्नपार्क खुब जोसिलो लाग्थ्यो,फुटपाथ पसल,हेल्लो सर यता हेर्नुस् त भन्ने जुत्ताको बिज्ञापन,लिलाममा शरीर बेच्न बस्ने हरु,अनि दुइचार दिनको पसिनाले आर्जेको कमाइ निमेष भरको मस्तिमा खर्चिन तम्तयार रहेका होनहार युवा हरु को साथमा,सायद थाकेछ अहिले मस्त निद्रामा छ।हल्लिदै हल्लिदै सुन्धारा होटल पुग्यौ।
फोन गर्यौ ढोका खुल्यो
साला…रक्सी पो पुग्यो त पेट अघाएकै छैन।
दाइ केही बनाइदिनु न
यो मध्य राती सक्दैन केही
त्यहाको दाइ उ सुत्न नै हतारिए
उसो भा चाउचाउ दिनुस्
५ प्याकेट चाउचाउ र ३ बोतल पानी बोकेर हामी कोठामा गयौ।सौगात अलिक फिट्टान नै भैसक्या थ्यो ओछ्यान देख्ना साथ लम्पसार पर्यो बाकी ४ जना ले सकायौ सबै र सुत्यौ ।

जिन्दगी आफैमा कक्टेल बनिरहेको थियो सुख, दुख हासो ,आँसु ,उल्झन सबै मिसिएर साला आजको रात पनि कक्टेल बनिदियो बियर र भोड्का मिसिएर जे होस दिन रमाइलै बित्यो ए सरि रात रमाइलै बित्यो दिनमा त खुब तनाब थियो। निदाउनु पहिला यति सोचे निदाएपछी कक्टेल ले के के गर्यो गर्यो,भोलिपल्ट बिहान एक भकारी जिम्मेवारी बोकिरहेको मानिसलाइ कुनै होटलको बिस्तारमा उठ्नै मन नलाग्ने गरि थचारिदियो तर दैनिकी जसै चलाउनु नै छ  ।

प्रतिकृया

प्रतिकृया