२ मंसिर, गुल्मी । जिल्लाबाट छुट्ने सवारी साधनहरुलाई दोस्रोपटक टाइम कार्डको व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय, गुल्मीले टाइम कार्डको व्यवस्था गरेको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपाल आचार्यले जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौंलगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई शनिबारदेखि टाइम कार्डको व्यवस्था गरिएको जानकारी दिँदै यसलार्इ कडाइका साथ लागू गरिने बताए । ‘टाइम कार्डको प्रयोगले दुर्घटना दर न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वासका साथ अनिवार्य गरेका हौं,’ प्रजिअ अर्यालले भने ।

जिल्लामा २ वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पहिलोपटक टाइम कार्डको व्यवस्था गरेका थिए । तर, केही समयमै यो व्यवस्था हट्यो ।
जिल्लामा दुर्घटनाका घटना बढेसँगै ट्राफिक प्रहरीले पुनः टाइम कार्डको व्यवस्था लागू गरेको हो ।

प्रतिकृया

प्रतिकृया