२ मंसिर,काठमाडौँ । कतारले तोकेको आप्रवासी कामदारहरुको नयाँ तलबले नेपालबाट काम गर्न कतार आउने नयाँ कामदार प्रभावित हुने भएका छन् ।

सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय गरे पनि कार्यन्वयन हुन नसक्दा नेपाली कामदार १ लाख रुपैयाँ भन्दा धेरै तिरेर कतार आइरहेका छन् ।

कतारको नयाँ नियम अनुसार अब उनीहरुले ७ सय ५० रियाल मात्रै पाउने छन । तलब कम तोकिनु र कतार माथि लगाइएको नाकाबन्दीका कारण बढेको महङ्गीका कारण नयाँ कामदारलाई मर्का पर्ने देखिन्छ ।

पहिले सामान्य कामदारलाई मासिक २ सय रियालले खाना खर्च पुग्ने भए पनि अहिले मासिक ३ सय ५० रियाल भन्दा बढी लागिरहेको छ । कतार सरकारले आप्रवासी कामदारहरुका ७ सय ५० रियाल तलब तोकेको थियो । यसअघि कतारका धेरै जसो कम्पनीहरुले न्युनतम तलब ९ सय र खानाको लागि थप ३ सय रियाल दिँदै आएका थिए ।

साउदी अरबले १९ वटा देशका आप्रवासी कामदार नलिने घोषण लगत्तै कतार सरकारले आप्रवासी कामदारको न्युनतम तलब तोकेको हो ।

प्रतिकृया

प्रतिकृया