४ कात्तिक, काठमाण्डौं । जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताएका छन् । देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएका हुन् । उनले सम्बोधनको क्रममा राजीनामाका विषयमा केही पनि बताएनन्। सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको थियो । जानु–फिएफ पार्टीले भने उहाँलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ ।

तर मुगाबेले टेलिभिजन सम्बोधनको क्रममा आफू पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएपछि समस्या झन जटिल बन्ने देखिएको छ । टेलिभिजन सम्बोधनको क्रममा राजीनाका सम्बन्धमा केही नबोलेका मुगाबेले एकअर्कासँग कटुता नराख्न नहुने बताएका छन् ।

लामो समयदेखि सत्ता रहँदै आएका मुगावेको शक्ति गएको बुधबार सेनाले हस्तक्षेप गरेपछि भने कमजोर भएको छ । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो ।
मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।

प्रतिकृया

प्रतिकृया