-आयुष भट्टराई


‘ मैले भने त जति राम्रो भएपनि म आफ्नै खुट्टामा नउभिउन्जेल बिहे गर्दिन ।’ जुनुले केहि आबेशमा आएरै भनेकि थिई पोहोरको बर्ष । उसले यो पोहोरको साल मंसिरमा बोलेको वाक्य हो।मंसिर र बैसाख आएपछि घरमा यस्तै कचकच हुन्थ्यो जहिले । घरबाट बिहेको कचकच सुन्न थालेको ठिक्याकै दुई बर्ष भयो ।

उ यहि कार्तिक २७ गते देखि चौबीस बर्षकि भएकि छ । जुनु २२ बर्ष पुग्दै घरमा सबैले उसलाई बुढिभए भन्ने सोच थाल्छन् । हुन पनि हो छोरी मान्छेको उमेर निश्चित हुन्छ । तिस पुगेपछि गाला चाउरि पर्न थाल्छन । मुजा पर्न थाल्छन । स्वास्थ्यले पनि केटिमान्छेले पच्चिस बर्ष भित्र बिहे गरेको राम्रो मान्छ । उमेर गएपछि त गई गयो नि छोराछोरि पाउने सपना मात्र देखेर कहाँ हुन्छ ।

छोरी मान्छे उमेरमा बीस देखि तीसबर्ष सम्म सहि निर्णय लिन सकेनन् वा आफुभन्दा ठुलाले भनेको मानेनन् भने पछि साह्रै दुस्ख पाउछन् भन्ने उसलाई अनुभव हुन थालेको छ ।

हाम्रो सँस्कारले यहि सिकाउछ छोरी अर्काको घर जानै पर्छ । उ पनि पनि छोरि मान्छे हो । अहिले जुनुको बिहे गर्ने मोड आएको छ ।

उसले आफ्ना आँखाहरुलाई दिदिको मोबाएलमा स्क्रिनमा सम्म पुर्याई । दिदिले देखाएको फोटोमा चुस्स दारि पालेको केटोको फोटो थियो ।
‘कहाँको हो केटा ? जुनुले बुझ्न खोजी ।’
‘यतै हो ! गोकंण छेउ ! काममा हिडि रहन्छ । सिन्धुपाल्चोक तिर काम गर्छ । मेरो साथिको भाई हो ।’
‘के काम ?’
‘इन्जिनियर हो ।’

दिदीले इन्जिनियर भन्ने बित्तिकै उसको मन अमिलो भयो । एकजना इन्जिनियर पढेदै गरेको केटाले उसलाई प्रेम गर्थ्यो । पछि आफैले छोडेर गयो । उसले मलाई किन छोड्यो भनेर उ भन्न सक्दिन । सायद पढाईको तनाब हुन सक्छ । आजकाल त प्रेम पनि यौन बनेको छ । कति छोरामान्छेहरु यौनकै लागि प्रेम गर्छन । उसले के को लागि प्रेम गर्यो उ जान्दिन । केहि हद सम्म उ यो ठोकुवा गरेर भन्न सक्छे उसको प्रेमिले उ सँग कुनै यौन प्यास मेटाउन पाउने संकेत देखेन । उ राजी थिइन ।

सबैको आ-आफ्नो बिचार हो पेसामा उसलाई मासुपसल , पठाई र काममा इन्जिनियर मलाई मन पर्दैन । कसैको ज्यान मारेर ब्यापार गर्नु पेशा भएरै मन माशु ब्यापार मन पर्दैन । इन्जिनियर मन नपर्नुको कारण उ इन्जिनियर लाई कुनै एक बेला प्रेम गर्थे र उसले धोका दियो । तर सबै इन्जिनियर खत्तम हुन भरेर भन्नु खराब हो ।

उसले दिदीलाई असहमतिको टाउको हल्लाई ।

‘इन्जिनीयर हो ,खान्दानी परिवार छ । कसैसँग प्रेम छ भन्दा पनि छैन भन्छेस । केटा हेर राम्रै पनि छ कस्तो खोज्छेस त यो भन्दा ?’  दिदीले यति भनि सकेपछि  दिदीको मुख आँ नै भर्इ राख्यो ।

जुनु केहि बोलिन उसले केटाको परिवारको बारेमा बताउँदै गई, उ सुन्दैगई । परिवार, काम ,घर गाडि यस्तै यस्तै ।

जुनुलाई आफ्नो परिवार भन्दा माथिलो दर्जा, पुँजीवाल धनीहरु सँग बिहे गर्न मन छैन । खाइसियोस् गइसियोस् बोल्नेहरु उसलाई मन नै पर्दैन । आदर सत्कार गर्नै जानिदैन भन्ने सोच छ । आफु भन्दा माथिल्लो दर्जाका अगाडि आफुलाई बिरालोको अगाडि मुसो जस्तो भएर उ बस्न सक्दिन । धनिबाउका छोराहरु उ त्यसकारण पनि मन पराउदिन ,बाउले कमाईदिएको सम्पतिको घमण्ड हुन्छ छोराहरुलाई ।

दिदीकै परिवार सम्झिन्छे, भेना डाक्टर । बिरामी बिरामी भन्दा भन्दै समय खोइ दिदीको लागि समय । घरमा बोल्दा जो सँग पनि थरथर भएर बोल्नु पर्छ । अरुको अगाडि झुक्नै पर्छ अरुको अगाडि । भरसक नमस्ते गर्दापनि खुट्टैमा ढोगिदिएँ हुन्थ्यो जस्तै गर्छन खान्दानमा हुर्केकाहरु ।

‘मलाई अब यस्तो केटा परिवारको केटाको कुरा नगर । म एक सामान्य परिबारमा बाँकि जिवन चलाउछु । म सुख आराम सँग सुनको पिञ्जडामा बाँकि जिवन चलाउन चाहान्न ।’ जुनु यि भन्दै आफ्नो कोठा भित्र जान्छे ।

‘यसले पछि दुस्ख पाउछे ।’ जुनुकि दिदी यस्तै कुरा सोची रहन्छे तर आफु कुन सुखमा बाँचेकी छु भन्ने उसले यतिबेला सोचेकि छैन ।

कुनै खान्दानी केटिले गरिब परिवारसँग बिहे गरेर बुढा भएका आमा बा का नङ् बुहारीले काटेको कम देखिन्छ हाम्रो समाजमा ।

समाज यस्तो हल्ला गरेर बस्ने हो । फलानी छोरी त मरिछ नि । सुख नपचेको मोरीलाई । घर थियो, बगंला थियो, के कमि थियो र त्यसलाई । तर उ कसरी बाचेकि हुन्छे कमैले बुझ्छन् । ‘फलानीकी छोरी खलासीसँग पोइल गई ।’  तर यहाँ कम मान्छेले बुझेकाछन एउटा खलासी मेहेनती हुन्छ र काम गर्छ ।

तर जुनुले यहि मंसिरमा आफुभन्दा तल्लो दर्जाको केटा सँग बिहे गर्नेछे । जसले उसलाई मान सम्मान दियोस, माया दिन सकौँ र उ राज गरेर बस्न पाउने छ ।

एउटी छोरी मान्छेले जुनसुकै छोरामान्छेलाई दास बनाउन सक्ने क्षमता हुन्छ । छोरी मान्छे भनेको यो संसारमा राज गर्न जन्मिने हो । तर, आफ्नै बुद्धिले छोरी मान्छेहरु आफु धनी केटा खोज्छन, सुख खोज्छन र जिन्दगीभर दुःख सहेर अरुको दास भएर बस्छन । केहि आत्माहत्या गर्छन् ।

 

प्रतिकृया

प्रतिकृया