४ मंसिर, काठमाण्डौं । चिट चोराएको पाइएपछि रद्द भएको एमबिबिएसको प्रवेश परीक्षा मंसिर १६ गते हुने भएको छ ।

त्रिविको कार्यकारी परिषदको निर्देशन अनुसार एमबिबिएसको प्रवेश परीक्षा मंसिर १६ गते गर्ने निर्णय भएको चिकित्सा शिक्षा अध्ययन संस्थान आइओमएमको एमबिबिएस प्रवेश परीक्षा सञ्चालन समितिले जनाएको छ ।

गएको असोज २८ गते लिएको प्रवेश परीक्षामा विद्युतीय डिभाइसको प्रयोग गरेर चिट चोराइएको र परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि त्रिवि कार्यकारी परिषदले परीक्षा रद्द गरेर पुनः परीक्षा गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया

प्रतिकृया