६ मंसिर,काठमाडौँ । नायिका निश्मा घिमिरे र कोरियोग्राफर तथा मोडल गम्भीर विष्टको विवाहको मिति तय भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडी मंसिर ७ गतेबाट श्रीमान-श्रीमती बन्दैछन् । ‘लभ यू बाबा’ ‘रिदम’, ‘जन्मभूमी’फिल्ममा अभिनय गरेकी निश्मा अभिनीत नयाँ फिल्म ‘हैरान’ प्रदर्शनको तयारीमा छ ।

फिल्म ‘लुट’बाट नृत्य निर्देशन थालेका गम्भीर विष्टले झन्डै तीन दर्जन फिल्ममा नृत्य निर्देशन गरिसकेका छन् भने दुई दर्जन बढी म्यूजिक भिडियोमा मोडल भएर पनि काम गरेका छन् । गम्भीरकी डान्स स्टूडेन्ट हुन् निश्मा । विष्टसँगै नृत्य प्रशिक्षण लिएपछि हाल निश्मा पनि उनको मैतीदेवीस्थित डान्स इन्स्टिच्युट ‘डान्स फिवर’की प्रशिक्षक भएकी छिन्।

स्रोतले दिएको जानकारी अनुसार, विवाहमा दुई पक्षका परिवारमात्र उपस्थित रहनेछन् । कौशलटार ब्याङ्क्वेटमा विवाह सम्पन्न भएपछि यो जोडीले मंसिर ८ गते बैभब पार्टी प्यालेसमा प्रीति भोजको आयोजना गरेका छन् । सिनेवृतमा गाइँगुइँ प्रेमको हल्ला चलेपनि उनीहरुले आफूहरु साथी मात्र रहेको भन्दै वास्तविकता लुकाउँदै आएका थिए ।

प्रतिकृया

प्रतिकृया