७ मंसिर,काठमाडौँ । जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन (जेडएएन्यू–पिएफ) ले बुधबारमात्र राजिनामा दिएका राष्ट्रपति रोबर्ट मुगावेलाई लामो समयसम्म अफ्रिकी जनताको पक्षमा रहेर सेवा पु¥याएकोमा उच्च प्रशंसा गरेको छ ।

जेडएएन्यू–पिएफका प्रवक्ता सिमन खाया मोयोले हेराल्ड पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन, “जिम्बाब्वेका जनताले मुगावे प्रधानमन्त्री तथा राष्ट्रपतिका रूपमा कार्यरत रहँदा यहाँका जनताको स्वतन्त्रताका लागि पु¥याएको योगदान अविश्मरणीय रहेको छ ।”

“अव उहाँले विश्राम लिनुपर्छ । मलाई लाग्छ हरेक जिम्बाब्वेलीले प्रतिपक्षीले मुगावेलाई सत्ताबाट हटाउन गरेको अभियानमा साथ दिनेछन् ।”

रोबर्ट मुगाबेले जिम्बाब्वेमा झण्डै चार दशक शासन गरी बुधबारदेखि जिम्मेवारीबाट हट्न तयार भएका छन ।
अल्पसंख्यक श्वेतहरुको शासनविरुद्धको स्वतन्त्रता युद्धमा जित हात पारेपछि उनलाई देश–विदेशमा नायकको सम्मान मिलेको थियो । तर उनले शुरुमा गरेका मेलमिलापका आह्वानले देशको राजनीतिक वातावरण बिग्रिनबाट रोक्न सकेन ।

पूर्व शिक्षक रहेका मुगाबेको कार्यकालको एउटा सबैभन्दा ठूलो सफलता भनेको देशले शिक्षामा हासिल गरेको उपलब्धिलाई लिने गरिन्छ ।

जिम्बाब्वेको साक्षरता दर अफ्रिकाकै बढीमध्ये एक हो र त्यहाँका ८९ प्रतिशत जनसंख्या साक्षर छ ।
बढ्दै गएका आलोचकहरुका लागि उनि एकजना राम्रो अध्ययन गरेका अरु अफ्रिकी तानशाह जस्तै स्वभावका चतुर नेताका रूपमा लिने गरिन्छ ।

प्रतिकृया

प्रतिकृया