७ मंसिर,काठमाडौँ । अनलाइन प्रविधीमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध गराउनका लागि आवर जवडेस्क नामक नयाँ वेवसाईट निर्माण भएको छ ।

जवडेस्क कम्पनीले यो वेवसाईटमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको छ । जुन सेवा निशुल्क हुने कम्पनीले बताएको छ ।

कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यका अनुसार, ‘कुनै कम्पनीलाई कामदार चाहिएमा उसले सिधै यो वेवसाइटमा विज्ञापन राख्न सक्नेछन्, जुन निशुल्क हुनेछ ।

कर्मचारी चाहिने कम्पनीले https://ourjobdesk.com/ वेवसाइटबाट रोजगारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण (बायोडाटा)  बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ ।

जवडेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए । यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ भने कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधासमेत रहेको छ ।

जवडेस्कले बेरोजगारहरुलाई रोजगारी खोज्ने काम गर्दै आएको छ । यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको कम्पनीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया