८ मंसिर,काठमाडौँ । प्रचण्डपुत्र प्रकाश दाहाल र जनवादी गायक खुसीराम पाख्रिनको सम्झनामा कतारमा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेपाली जनप्रगतिशिल मञ्च कतार र प्रवासी नेपाली मञ्चले कार्यक्रम गर्दै मंसिर ३ गते निधन भएका दाहाल र ५ गते चितवनमा भएको श्रद्धाञजली सभामा गीत गाउँदागाउँदै हृदयघातका कारण मृत्यु भएका पाख्रिनको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मध्यपूर्व संयोजक सनिकुमार वलीले स्वर्गीय दाहालले विद्रोहबाट आएको नेताको सचिवालय व्यवस्थापन र सुरक्षा लगायतका चुनौतीपूर्ण कामलाई उत्कृष्ट रुपमा सम्पन्न गरेको बताए ।

जनवादी गायक एवं माओवादी केन्द्रका सल्लाहकार पाख्रिनले सिर्जना मार्फत सधैँ जनतालाई चेतना फैलाउने र युवालाई नेतृत्व लिन आव्हान गर्ने गरेको वलीले बताए ।

सभामा एमाले निकट प्रवासी नेपाली मञ्च कतारका संस्थापक अध्यक्ष कमलमणी गुरागाईंले दाहाल र पाख्रिनको निधनबाट वामपान्थी आन्दोलनमा अपुरणीय क्षति पुगेको भन्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिकृया

प्रतिकृया