९ मंसिर, काठमाण्डौं । हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाइन्छ । शनिबार तेस्रो उद्योग दिवस हो तर आइतबार हुने चुनावका कारण दिवस ओझेलमा परेको छ । चुनावका लागि उद्योगमन्त्री सुनिलबहादुर थापा गृहजिल्ला धनकुटामा रहेका तथा अरु कर्मचारी चुनावको लागि खटिएकाले दिवस ओझेलमा परेको हो ।

वि.सं. १९९२ को मंसिर ९ गते उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि यो वर्षदेखि दिवस मनाउने निर्णय गरिए पनि त्यसो हुन सकेको छैन । २०७२ सालमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण पहिलो उद्योग दिवस प्रभावकारी रुपमा मनाउन सकिएन ।

पोहोर पनि उद्योगमन्त्री र उद्योगसचिव देशबाहिर हुँदा बोलाएका अतिथि पनि दिवसको कार्यक्रममा सहभागी भएनन् । यसपाली पनि चुनावका कारण दिवस औपचारिकता मै सिमित भएको छ । उद्योग दिवसको अवसरमा रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात हस्तकला तथा परम्परागत क्षेत्रकका व्यवसाय संचालन लगायतका विशिष्ट औद्योगिक व्यक्ति चयन गरि सम्मान गर्ने घोषणा समेत गरिएको थियो ।

तर घोषणा भएको तीन वर्षमा पनि कुनै उद्योगी सम्मानित भएका छैनन् । यसवर्ष पनि कुनै कार्यक्रम नभएको उद्योग मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा उद्योग विभागले भने आफ्नो कार्यालय अगाडि सरसफाई कार्यक्रम गर्दैछ ।

प्रतिकृया

प्रतिकृया