९ मंसिर, काठमाण्डौं । गीतकार अम्विका गुरुङका गुरुङको शब्दमा नयाँ गीत ‘कहाँबाट सुरु गरौ म तिम्रो त्यो रुपको बयान’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा संगीत प्रकाश लेप्चाको रहेको छ । अनिशा के छेत्रीको निर्देशनमा बनाइएको भिडियोमा भुपेन्द्र भट्टराईको छायाङ्कन र सम्पादन हो भने भिडियोमा नायक राजबल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय रहेकाे छ ।

गीतकार गुरुङद्वारा स्थापीत भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय भन्दा बढि गीतहरु रेकर्ड भैसकेका छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

प्रतिकृया

प्रतिकृया