९ मंसिर, काठमाण्डौं । नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिला राना मगर, चार उपाध्यक्षमा मन सारु मगर, ज्ञावत राना मगर , लालबहादुर मगर र नरेन्द्र दिसुवा मगर छन्। यस्तै भाषिक उपाध्यक्षमा कैलाश खाम मगर, महासचिवमा डोल राना मगर, सचिवमा भुवन थापा मगर, कोषाध्यक्षमा सुमन मगर, सहकोषाध्यक्षमा लोक सुनारी मगर र प्रवक्तामा मोहन बुढाथोकी मगर छन्।

कार्यसमितीका सदस्यमा सनम बाचे मगर, होम थापा मगर, नविन थापा मगर ,राजेन्द्र थापा मगर, फडेन्द्र बाम्पाकी मगर, चन्दा पुलामी मगर र नयन घर्ती मगर चयन भएको निर्वाचन समितिका संयोजक भुवन मगरले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया