९ मंसिर, धादिङ ।  नेपाली सेनाको मेजर भन्दै ठगी गर्ने एक व्यक्ति धादिङको गजुरीबाट पक्राउ परेका छन्  ।  काठमाडौंस्थित सुकेधारा निवासी ३१ वर्षीय रोशन प्रसाई गजुरी बजारमा सेनाको पोशाक लगाई ट्रक चालकसँग झगडा गरीरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा आएको दुई घण्टासम्म पनि वास्तविक सैनिक मेजरकै नाम बताउँदै उनले काठमाडौंको छाउनी व्यारेकमा कार्यरत रहेको बताएका थिए । उनले बताएको नामबारे बुझ्दा नक्कली मेजर भएको वास्तविकता खुलेको इलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि उनले नेपाली सेनाका उच्च पदमा कार्यरत रहेको भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया