९ मंसिर, राजविराज । संघीय समाजवादी फोरम-राजपा गठबन्धनले प्रदेश २ मा दुई तिहाईको दाबी गरेको छ भने प्रतिनिधिसभामा पनि बलियो उपस्थिति चाहेको छ ।

फोरम(राजपा गठबन्धनले शनिबार सप्तरीको राजविराजमा गरेको चुनावी सभामा शीर्ष नेताहरुले प्रदेश २ मा दुई तिहाईका लागि मतदातासँग भोट मागेका छन् ।

प्रमुख दलहरुले २२ जिल्लाको मधेसलाई ८ मा खुम्च्याउन खोजेको आरोप लगाउँदै फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘आठ जिल्लामा दुई तिहाई ल्याएर यसलाई मधेस राज्य बनाइनेछ र बाँकी खोसिएका जिल्ला प्राप्तिका लागि लडिनेछ ।’

मधेस सरकार बनेपछि मधेसको आन्दानी मधेसमै राख्ने, मधेस पुलिस, मधेस लोकसेवा लगायत आफ्नै प्रशासन रहने उनले बताए ।

फोरम(राजपा गठबन्धनले प्रदेश २ का प्रदेश र प्रतिनिधिसभामा संयुक्त उम्मेदवारी दिएका छन् ।

यादवले प्रतिनिधिसभामा फोरम(राजपा गठबन्धनको बलियो उपस्थिति आवश्यक रहेको बताए । मधेस विरोधी र नश्लवादी चिन्तनका साथ आएको भन्दै उनले संविधानमा संशोधनका लागि आफूहरुलाई मत दिन आग्रह गरे ।

सभामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बुलेटको जवाफ ब्यालेटले दिनु पर्ने बताए । अधिकार माग्दा मलेठ लगायतका स्थानमा गोली चलाएको भन्दै उनले बुलेटको जवाफ २१ गते ब्यालेट मार्फत दिन आग्रह गरे ।

उनले अघि भने, मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने काँग्रेस एमाले र माओवादीमा मधेसबाट प्रतिनिधित्व गरी बसेका नेताहरुसँग बदला लिने बेला आएको छ ।’

प्रतिकृया

प्रतिकृया