चुरियामाई बालुवा प्रशोधनकेन्द्रका सञ्चालक विपीनकुमार महतोलाई जनकपुरधाम उप–महानगरपालिका–१ भानुचोकनजिकबाट शनिबारबिहान १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २६, जनकपुरधाम– नदीउत्खननको विरोध गर्दा हत्या भएका दिलिपकुमार महतोको हत्याआरोपमा चुरियामाई बालुवा प्रशोधनकेन्द्रका सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन् ।

विपीनलाई जनकपुरधाम उप–महानगरपालिका–१ भानुचोकनजिकबाट शनिबारबिहान १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार नै दिलिपका साथी रोशन यादव र टिपरचालक मुनिन्द्र महतोलाई पक्रेको थियो । शुक्रबार बिहान करिब ४ बजे नदीमा भईरहेको अवैध उत्खननलाई रोक्नजाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या भएको थियो ।

परिवारजनले क्रसर सञ्चालक विपीन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्षलगायतको सङ्लग्नतामा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

दिलिपको शव अहिले प्रादेशिक अस्पालमा छ । परिवारजनले प्रहरीमा जाहेरी नदिएकाले शवको पोष्टमार्टम नगरिएको प्रहरीनिरीक्षक यादवले बताए ।

साथै, खोला उत्खनन्‌को विरोध गरेको भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई सरकारले ‘पर्यावरणशहीद’ घोषणा गर्नुपर्ने वातवारण संरक्षण अभियान्ताहरुले माग गरेका छन् । शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनीहरुले दिलिपलाई पर्यायवरणशहीद घोषणा गर्न माग गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया