यसअघि यस्तोखालको अनुगमन उदयपुरमा कोषले नगरेको कर्जाअसूलीअधिकृत राजेशकुमार केसीले बताए

हेड्लाईननेपाल सम्वाददाता
मार्ग २८, गाईघाट– जिल्लामा यसपटक युवास्वरोजगारकोषले भाखानाघेका र थोककर्जा ल्याएका सहकारीको ‘कडाअनुगमन’ शुरु गरेको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवास्वरोजगारकोषले यसपटक शतप्रतिशत व्यवसायीको अनुगमन र कोषलाई रकम बुझाउन आलटाल गर्ने सहकारीका पदाधिकारीमाथि करबाही प्रक्रिया शुरु गरेको कर्जाअसूलीविशेषज्ञ माधवकुमार मगरले बताए । जिल्लाका १० वटा सहकारीको शतप्रतिशत व्यवसायी स्थलगत अनुगमन र १३ सहकारीसंस्थाका पदाधिकारीलाई कालोसूचीमा राखी कारबाही शुरु गरिएको माधवकुमार केसीले बताएका छन् ।

जिल्लामा करिब २ करोडको असूली हुन बाँकी छ । १ सहकारीको पहिलोकिस्ताको रकमनिकासा भई दोस्रोकिस्ता निकासा हुने चरणमा छ भने बाँकी ९ सहकारीका अन्तिमकिस्ता लगानीको व्यवसायीहरूको स्थलगत अनुगमनलाई तीब्रता दिईएको छ । जिल्लाका सदस्य–सचिव अंगिश श्रेष्ठसहितका ४ अनुगमनकर्ताहरुद्वारा जिल्लामा कडाअनुगमन भईरहेको सदस्य–सचिव अंगिशले बताए ।

५० वर्षसम्मका युवाहरुलाई नै निर्धारित मापदण्ड अनुसार ऋण लगानी भए नभएकोबारे कडाअनुगमन गरिएको छ । यसअघि यस्तोखालको अनुगमन उदयपुरमा कोषले नगरेको कर्जाअसूलीअधिकृत राजेशकुमार केसीले बताएका छन् । अधिकाशं व्यवसायीलाई ५० हजारदेखि अधिकतम् २ लाख रुपैयाँसम्म लगानी गरिएको भेटिएको छ ।

प्रतिकृया

प्रतिकृया