उप–सभामुख डा. शिवमायाले राजीनामा नदिने अडान राखिरहेको अवस्थामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै नेकपाभित्र राजनीतिकविवाद आउने अनुमान गरिएको छ ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २६, काठमाण्डौ– शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उप–सभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।

रिक्तसभामुख पदमा उम्मेदवारी दिन उनको राजीनामा माग गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उप–सभामुख डा. शिवमायाले राजीनामा नदिने अडान राखिरहेको अवस्थामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै नेकपाभित्र राजनीतिकविवाद आउने अनुमान गरिएको छ ।

साथै, सभामुखको नामबारे नेकपाभित्रको अझै विवाद कायम छ । प्रवक्ता नारायणकाजीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने टुङ्गो नभईसकेको पनि जानकारी दिएका छन् ।

आईतबारको संसद बैठकअघि सभामुखको नाम टुङ्ग्याउनुपर्ने दबाब नेकपालाई छ । यद्यपि उप–सभामुख तुम्बाहाङ्फेको राजीनामा नआई नेकपाकातर्फबाट सभामुख पदमा उम्मेदवारी दिन मिल्दैन ।

प्रतिकृया

प्रतिकृया