युक्रेनको विमान गएको बुधबार ईरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो । विमान उडिरहँदा ईरानले ईराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो । पश्चिमाराष्ट्रले ईरानले प्रहार गरेको रकेटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताउँदै आएका छन् ।


हेड्लाईननेपाल
पौष २६, काठमाण्डौ– युक्रेनीविमान दुर्घटना आफ्नो आक्रमणको कारणबाट भएको ईरानले स्वीकारेको छ । ईरानको आफ्नो सेनाको तर्फबाट प्रहार भएको मिसाइल लागेर युक्रेनीविमान खसेको स्वीकारेको ईरानको राष्ट्रीय टेलिभिजनले जनाएको छ ।

यद्यपि उसले सो आक्रमण नियतवश नरहेको पनि भनेको छ । शनिबारबिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनीविमान दुर्घटनामा परेको उल्लेख गरिएको छ ।

ईरानीराष्ट्रपति हसन रुहानीले ट्वीट गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । यसअघि ईरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो ।

यस्तै ईरानमा १७६ जनाको ज्यान जानेगरी भएको विमानदुर्घटनाको कारणबारे अहिले नै निष्कर्षमा पुग्नसक्ने अवस्था नरहेको युक्रेनले पनि बताएको छ ।

युक्रेनको विमान गएको बुधबार ईरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो ।

विमान उडिरहँदा ईरानले ईराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो । पश्चिमाराष्ट्रले ईरानले प्रहार गरेको रकेटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताउँदै आएका छन् ।

लडाकुविमान ठानेर ईरानले युक्रेनीविमानमाथि आक्रमण गरेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । यस्तै विमानमा प्रोजेक्टाइल ठोक्किएको देखिएको दाबीसहित भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

प्रतिकृया

प्रतिकृया