प्रदेश ३ का १०५ जना सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने, ३ जना सदस्यले बाग्मतीप्रदेशको नाममा सहमति जनाएपनि राजधानी हेटौंडा रहनेको विपक्षमा मतदान गरेका थिए ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २७, हेटौंडा– केहीअघिसम्म सङ्घीयताको विषयमा पहिचानसहितको मुद्दाले रस्साकस्सी हुँदै आएपनि अन्ततः सामुहिक नामबाट धमाधम प्रदेशको नाम राखिन थालेका छन् । प्रदेश ४ ले गण्डकी, ६ ले कर्णाली तथा ७ ले सुदूरपश्चिम प्रदेशको नाम राखेझै प्रदेश ३ ले पनि सामुहिक नाम बाग्मती राखेको छ ।

आईतबार बसेको प्रदेशसभाले ३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको हो ।

आईतबार बसेको प्रदेशसभाको बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाएको हो । प्रदेशसभा शुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको ‘कडानिर्देशन’पछि प्रदेशसभाले हेटौंडालाई स्थायीराजधानी बनाउने निर्णय पनि गरेको हो ।

प्रदेश ३ का १०५ जना सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने, ३ जना सदस्यले बाग्मतीप्रदेशको नाममा सहमति जनाएपनि राजधानी हेटौंडा रहनेको विपक्षमा मतदान गरेका थिए ।

प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए । बैठकमा धुलिखेललाई प्रदेशराजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ । विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रतिकृया

प्रतिकृया