२९८औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमार्फत पृथ्वीजयन्तीलाई ‘राष्ट्रियएकता दिवस’को मान्यता प्रदान गरेकी हुन् । 


हेड्लाईननेपाल सम्वाददाता
पौष २७, काठमाण्डौ– नेपालसरकारले औपचारिक निर्णय नलिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीलाई राष्ट्रियएकता दिवसको हैसियत प्रदान गरेकी छन् ।

२९८औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमार्फत पृथ्वीजयन्तीलाई ‘राष्ट्रियएकता दिवस’को मान्यता प्रदान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा ‘पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा ‘राष्ट्रियएकता दिवस’ को अवसरमा दिइएको सन्देश उल्लेख गरिएको छ ।

२०६२–०६३ को आन्दोलनपछि बनेको सरकारले पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन मनाइने राष्ट्रिय एकता दिवसको मान्यता खारेज गरेको थियो । तर आईतबार राष्ट्रपतिले जारी गरेको सन्देशमा राष्ट्रिय एकता दिवस स्पष्ट रुपमा उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, ‘नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्क्त गर्दछु ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गरी शुभकामना सन्देश दिएका छन् ट्वीटमा ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पुर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यश अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएरअघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु’ भनिएको छ ।

प्रतिकृया

प्रतिकृया