बौद्धिकनगरपालिकाको हिसाबले खोजी, अनुसन्धान र अध्ययन गर्दै शैक्षिकपर्यटनको विकास र प्रवर्दन गर्ने अभ्यासको शुरुवात गरी तिनको संस्थागत गर्नु हाम्रो कर्तव्य हो भन्ने लागेको छ ।


पुरूषोत्तम अधिकारी


निजगढ भौगोलिक हिसाबले तराईको हरियो चारकोशे झाडी एवम् चुरेको पहाडको काखमा अवस्थित सङ्घीय लोकतान्त्रिकगणतन्त्र नेपालको प्रदेश सङ्ख्या २ अन्तर्गत बाराभित्र छुट्टै परिचय कोर्दै स्मार्ट सिटीको रुपमा हुर्किदै गरेको एकनगरपालिका हो ।

हाल देशमा छाएको नयाँशान्ति, अमनचयन र राजनैतिक स्थिरताको हर्ष, उमङ्ग र उल्लासमय वातावरणभित्र हाम्रो ‘निजगढ राम्रो निजगढको’ सुन्दर परिकल्पनासहित स्थानीयराजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक र पर्यटनविकासको खुड्किला चढ्दै स्मार्टसिटी निजगढशहर निर्माण अभ्यासको यात्रामा छ । यात्रामा स्थानीयसरकार निरन्तरअघि बढिरहेको छ । हामी निजगढनगरबासीहरु आफ्नो स्रोत र साधनको प्रयोग गर्दै समतामूलक समाजनिर्माणको यात्रामा तल्लिन रहेतापनि, यहाँको स्थानीय पर्यटनविकास र प्रवर्दन गर्ने अभ्यासमा भने पछि परेको महशुस भएको छ ।

प्रदेश १ देखि सुदूरपश्चिमसम्म बसोवास गर्ने हामी बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक नेपालीजातिहरुको जीवन, कलाकौशल, संस्कृति, रीतिरिवाज, परम्परा, मूल्यमान्यता, भेषभुषा, पेशासँगै प्राकृतिक वनस्पति, जनावर, चराचुरुङ्गी, झर्ना, खोला, नदि, तालतलैया र साँस्कृतिक नाचगान, बाजागाजा, हातहतियार, औजार र चाडपर्वहरुको विशेष महत्वलाई एक बौद्धिकनगरपालिकाको हिसाबले खोजी, अनुसन्धान र अध्ययन गर्दै शैक्षिकपर्यटनको विकास र प्रवर्दन गर्ने अभ्यासको शुरुवात गरी तिनको संस्थागत गर्नु हाम्रो कर्तव्य हो भन्ने लागेको छ ।

सङ्ग्रालय मानवनिर्मित एक जीवितईतिहास हो । यसको अर्थ , महत्व, आवश्यकता, परिचय र परिभाषा आफ्नै छ । ईतिहासको प्रतिबिम्ब हुँदै पूरानोपुस्ताको प्राप्तजीवनदर्शनहरु नयाँपुस्तालाई उपहारस्वरुप पस्कने बलियो आधार पनि सङ्ग्रालय नै हो ।

ईतिहासको विभिन्न कालखण्डहरुमा नेपाली भौगोलिक परिवेशमा बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिकनेपाल र नेपालीको उत्पति, विकास, घटनाक्रम र तीसँग जोडिएका अमूल्य सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक एवम् भौतिकमूल्यमान्यता, कला, कौशलकृति, जीवन, धर्मसंस्कृति, रीतिरिवाज, भेषभुषा, परम्परा, शिक्षा र दर्शनका ऐतिहासिक उपलब्धि र धरोहरहरुलाई जस्ताको तस्तै तवरमा अदभुत कलाकारिता, चित्रकारिता र मुर्तिकलाको सीप र ज्ञानबाट निर्माण गर्दै एकबाट अर्को पीँढीको हातमा सुम्पदै संस्थागत गर्ने काम पनि सङ्ग्रालयले नै गर्छ ।

नेपालीसीप, ज्ञान, कला, जीवन, शिक्षा, दर्शन, भाषा, धर्म र संस्कृतिका एेतिहासिक विकासक्रम र कालखण्डहरुमा सामाजिक, आर्थिक, राजनैतिक, भौतिक र साँस्कृतिक घटनाक्रम हुँदै जोडिएका अनेकौ विषयवस्तु र प्रसङ्ग स्थानीय पर्यटनविकास र प्रवर्दनको प्रमुख आधार स्तम्भ पनि हन् । तसर्थ, लोकतान्त्रिकगणतन्त्रनेपालका ७ प्रदेश यहाँस्थित ७७ जिल्लाहरु भौगोलिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक विशेषता र सुन्दरताले भरिएको यथार्थ चिनारी हुन् । यसैले यी सबै चीजहरुलाई समयमै अमूल्य कलाकारिता, मुर्ति र चित्रकारितामार्फत उतारी स्थानीय शैक्षिक पर्यटनअध्यन, अनुसन्धान, चिनारी र यसको विकास र प्रबर्दनका लागि विद्यार्थीमैत्री फोटो सङ्ग्रालयको स्थापना, निर्माण र प्रयोगमार्फत ‘हाम्रो निजगढ राम्रो निजगढ’ हुन सक्दछ । निजगढ स्मार्टसिटी निर्माण गर्नसके कालान्तरमा यो कोशेढुङ्गा सावित हुने कुरा नकार्न सकिन्न ।

यश परियोजनाले प्रदेश २ को स्थानीय पेशा, जाति, धर्म भूगोल, संस्कृति, रीतिरिवाज, भेषभुषा, मूल्यमान्यता जीवनशैली, प्रकृति, पुरातात्विक, धार्मिक, आर्थिक र ऐेतिहासिकस्थलहरुको खोजी, अनुसन्धान र त्यसको ज्ञानप्राप्त गर्न अग्रणी भुमिका खेल्ने हुँदा विद्यार्थीमैत्री फोटोसङ्ग्रालयको अत्यन्तै महत्व रहेको छ ।

तराईका ८ जिल्लाहरु मिली बनेको प्रदेश २ नेपालको अन्य प्रदेश र जिल्लाहरुभन्दा आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक, भौगोलिक, प्राकृतिक, साँस्कृतिक, पुरातात्विक र ऐेतिहासिक रुप र चिनारीमा पछि परेको छैन । प्रदेश २ सबै दृष्टिकोणबाट धनी भएर पनि यहाको स्थानयि स्रोतसाधन, पर्यटकीयविकासको सम्भाहक बन्न नसकेको प्रमुखकारण निजगढमा सङ्ग्रालय निर्माण कार्यमा अघि नबढ्नुले नै हो । त्यसैले यी सबै पक्षहरुलाई शिक्षक र विद्यार्थीको ज्ञानखोजज् र अनुसन्धानको माध्यमबाट फोटोसङ्ग्रालको रुपमा संस्थागत गर्दै आगामी नयाँपीँढीका हातमा जीवितईतिहास र त्यसको प्रतिविम्बस्वरुप पस्कनु स्थानीय बुद्धिजीवि, पत्रकार, शिक्षाविद् र सामाजिकअभियन्ताहरुले दायित्व हो । यसो गर्नसके निजगढले राष्ट्रस्तरमा आफुलाई बौद्धिकनगरपालिकाको रुपमा उभ्याउन सक्दछ ।

पूर्वपश्चिम महेन्द्रराजमार्गले छुने, राष्ट्रिय गौरवका आयोजनाहरु फाष्ट्याक र अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रत्यक्षभुमिका खेल्न सरोकारराख्ने स्मार्टसिटीका हामी निजगढबासीले सङ्ग्रालय निर्माण र संस्थापन हुनु पनि उत्तिकै ध्यान पुर्याउनु पर्दछ ।

नेपाली ढाकाटोेपी आकारमा बन्नलागेको सङ्ग्रालयको भवनले प्रदेश २ को मौलिकसँस्कृति मिथिलाचित्रलाई समेत जगेर्ना गर्न सहयोग पुर्याउने आँकलन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया