अदालतले विशेष गैरकानुनी भन्दै अदालत भङ्ग गरेको हो । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


हेड्लाईननेपाल
पौष २८, काठमाण्डौ– अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असंवैधानिक भएको भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा सुनाईएको मृत्युदण्डलाई बदर गरेको छ ।

अदालतले विशेष गैरकानुनी भन्दै अदालत भङ्ग गरेको हो । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ ।

विशेष अदालतले गत १७ डिसेम्बरमा मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो । विशेषले फैसला सुनाउँदै फैसला कार्यान्वयनअघि नै मुसर्रको मृत्यु भए ३ दिनसम्म दिवङ्गत शव भुण्ड्याउनू भनी आदेश दिएको थियो ।

उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ । धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ ।

प्रतिकृया

प्रतिकृया