उप–सभामुख डा. शिवमायाले नेकपा अध्यक्षलगायत सचिवालयले मागेको राजीनामा नदिई अड्डी कसेर बसेपछि सर्वसाधारणदेखि अधिकारकर्मीसम्मले उनको प्रशंसा गरेका हुन् ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २८, काठमाण्डौ– उप–सभामुख डा= शिवमाया तुम्बाहाम्फेको अडानले उनको प्रशंसा र समर्थनमा यतिबेला समाजिकसञ्जालका भित्ताहरु ढाकिएका छन् । साथै, महिलाअधिकारवादीहरुले पनि शीर उच्च बनाएको निष्कर्ष निकाल्दै उनलाई चौतर्फी समर्थनको आवाज बुलन्द गरेका छन् ।

उप–सभामुख डा. शिवमायाले नेकपा अध्यक्षलगायत सचिवालयले मागेको राजीनामा नदिई अड्डी कसेर बसेपछि सर्वसाधारणदेखि अधिकारकर्मीसम्मले उनको प्रशंसा गरेका हुन् ।

अधिकारकर्मीहरूको सोमबार राजधानीमा सम्पन्न भेलाले पनि उप–सभामुखबाट राजिनामा नदिने डा. शिवमायाको अडानको समर्थन गरेको छ । सोमबारको भेलामा महिला आन्दोलनमा सङ्लग्न ८५ भन्दा बढीको सहभागिता थियो ।

भेलाले सभामुखका लागि डा. शिवमाया नै नै योग्य रहेको समेत दाबी गरेको छ । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उप–सभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आएको काममा कतै पनि विवाद नआएको र आफूलाई प्राप्तजिम्मेवारी र्इमान्दारी तथा कुशलताकासाथ निर्वाह गरेकाले अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी राजनीतिक दलहरूबाट विवेकपूर्ण निर्णय हुनेमा विश्वस्त छौं ।’

तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामापछि प्रतिनिधिसभा सभामुखविहीन अवस्थामा सभामुख चयनको विषयलाई लिएर जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखेकोप्रति भेलाले चासो देखाएको छ । उप–सभामुखको राजीनामा र सभामुख कसलाई बनाउने भन्ने टुङ्गो नहुँदा प्रतिनिधिसभा बैठक पटक–पटक सर्दै आएको छ ।
उप–सभामुख डा. शिवमायालाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीको माग
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उप–सभामुख डा. शिवमायालाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्दै मौलिक जरोकिलो पार्टीले उप–सभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन माग गरेको छ ।

सो पार्टीको महिलाविभागले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तुम्बाहाम्फेलाई नै सभामुख बनाउन माग गरेको हो । बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै जरोकिलोले उप–सभामुख डा. शिवमायालाईै नै सभामुख बनाउन माग गरेको हो ।

मौलिक जरोकिलो पार्टीले एउटाको अपराधको सजाय अर्कोलाई दिनु नहुने भनेको छ । जरोकिलोकी महिलाविभाग संयोजक हीराकुमारी लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उप–सभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा. शिवमाया तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजीनामा नभई ‘जबरजस्तीनामा हो भन्ने आफ्नो पार्टीको ठहर रहेको हीराकुमारीले जनाएकी छिन् । उप–सभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी डा. शिवमायालाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टीको धारणा रहेको विज्ञप्तिमा जोडदार रुपमा उल्लेख गरिएको छ ।

प्रतिकृया

प्रतिकृया