सन् १९८८ ब्याचका विदेशसेवाका अधिकृत विनयमोहन हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका छन् । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को निर्देशकको रुपमा सन् २००६ देखि २०१० सम्म काठमाण्डौमा बिताएका थिए ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २९, काठमाण्डौ– रिक्त राजदूतमा भारत सरकारले विनयमोहन क्वात्रालाई प्रस्ताव गरेको छ । नेपालका लागि भारतीयराजदूतमा विनयमोहनलाई प्रस्तावित गरेको हो ।

उनको नाम नेपाल सरकारसमक्ष एग्रिमोको लागि प्रस्ताव पठाएको छ । नेपाल सरकारले स्वीकृत गरेपछि विधिवत रुपमा उनको नियुक्ति हुनेछ ।

सन् १९८८ ब्याचका विदेशसेवाका अधिकृत विनयमोहन हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका छन् । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को निर्देशकको रुपमा सन् २००६ देखि २०१० सम्म काठमाण्डौमा बिताएका थिए ।

विनयमोहन भारतको विदेश मन्त्रालयअन्तर्गत नीति योजना तथा अनुसन्धान शाखाको प्रमुखका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् । विनयमोहनले सन् २००३ देखि २००६ सम्म चीनमा रहेको भारतीय दूतावासमा कान्सुलर तथा त्यसपछि डेपुटी चिफ अफ मिसनका रुपमा पनि काम गरेका थिए ।

प्रतिकृया

प्रतिकृया