भारतबाट ४२.२२ टन सखरखण्ड आयात भएको छ । यद्यपि नेपालमा उत्पादन भएको तरुलले नेपाली बजारको माग यसपाली धानेको बताईएको छ ।


हेड्लाईननेपाल सम्वाददाता
पौष २९, काठमाण्डौ– माघे संक्रान्तिका भनेर यसपटक पनि काठमाण्डौमा तराईसहित नेपालका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा तरुल भित्रिएको छ । गत वर्षको तुलनामा यस वर्ष तरुलको मागसमेत बढेको विक्रेताहरुले बताएका छन् ।

व्यापारीका अनुसार यसवर्षको पौष महिनामा १ हजार २ सय ९५ टन तरुल, २ सय ४२ टन सखरखण्ड र १ सय ७२ टन पिडालु भित्रिएको छ । विशेषतः सर्लाहीबाट यसवर्ष सबैभन्दा धेरै तरुल भित्रिएको छ । यसवर्ष सर्लाहीबाट करिब ५ सय ५२ टन तरुल काठमाण्डो आईपुगेको छ ।

गतवर्षको यसै महिनामा ९ सय ८२ टन तरुल, १ सय ३० पिडालु र १ सय ६३ टन सखरखण्ड मात्रै भित्रिएको तथ्याङ्क छ । गतवर्षको तुलनामा यसवर्ष ३ सय १३ टन बढी तरुल खपत हुँदैछ ।

यसवर्षको पौष महिनामा ७ करोड ४२ लाख ६८ हजार दुई शय ५० रुपैयाँ बराबरको तरुल भित्रिएको छ । गतवर्षको सोही अवधिमा तीन करोड ९० लाख ८३ हजार ६ शय रुपैयाँ बराबरको तरुल भित्रिएको थियो । यसवर्ष तरुलको मूल्य पनि बढेको छ । यतिबेला तरुल(
(औषत मूल्य) प्रतिकेजी करिब ५८ रुपैयाँ रहेको छ । जबकि सोही समयमा गतवर्ष औषत मूल्य प्रतिकेजी करिब ४० रुपैयाँ रहेको थियो ।

त्यस्तै भारतबाट ४२.२२ टन सखरखण्ड आयात भएको छ । यद्यपि नेपालमा उत्पादन भएको तरुलले नेपाली बजारको माग यसपाली धानेको बताईएको छ ।

काठमाण्डौमा छिमेकी जिल्ला काभ्रेपलाञ्चोक, धादिङ्ग, दोलखालगायत झापा, गोरखा, नवलपरासी, चितवन, सिन्धुली, रौतहट, उदयपुर, नुवाकोट, बारा, सर्लाही जिल्लाबाट तरुल आउने गर्दछ ।

प्रतिकृया

प्रतिकृया