सरकारले आफूलाई स्वरोजगारकोषको उपाध्यक्षमा नियुक्ति गर्दा आफू बिरामी भई सोही दिन वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना भएको र आफू अस्वस्थ अवस्थाबाटै अस्वस्थ अवस्थामा रहेको कोषलाई आजको दिनसम्म आईपुग्दा स्वस्थ बनाउन सकेको बताए ।


हेड्लाईन सम्वाददाता
माघ ०३, काठमण्डौ– युवा तथा साना व्यवसायी स्वरोजगारकोषका कार्यकारीउपाध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले आफू अस्वस्थ भएर पनि कोषलाई स्वस्थ बनाएको दाबी गरेका छन् । आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न भएको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले उपाध्यक्षमा नियुक्तिको गर्दाको बखत आफू अस्वस्थ रहेको र अस्वस्थ अवस्थामा रहेको कोषलाई स्वस्थ बनाएको बताए ।

उनले २०७२ पौष २९ गते सरकारले आफूलाई स्वरोजगारकोषको उपाध्यक्षमा नियुक्ति गर्दा आफू बिरामी भई सोही दिन वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना भएको र आफू अस्वस्थ अवस्थाबाटै अस्वस्थ अवस्थामा रहेको कोषलाई आजको दिनसम्म आईपुग्दा स्वस्थ बनाउन सकेको बताए । आफूनो ४ वर्षे कार्यकालको उपलब्धि प्रस्तुत गरिरहँदा डा. दङ्गाल भने भावुक बनेका थिए । उनले अाफू उपाध्यक्षमा नियुक्त हुँदा कोषमा भाखानाघेको कर्जा अधिक रहेको, नियमावलीलगायका कानुन नबनेका, कर्मचारीहरूको मनोबल निरन्तर घट्दै गएको, व्यवस्थापकीय अवस्था नाजुक रहेर अस्वस्थ अवस्थाबाट गुज्रिरहेको भन्दै कोषलाइ स्वस्थ बनाएकाे बताए ।

साथै, उनले आफूले पनि कहिल्यै भ्रष्टाचार नगरेको र आफ्नो कार्यकालमा कोषका कर्मचारीहरुले पनि कुनै प्रकारको भ्रष्टाचार नगरेको विश्वास व्यक्त गरे ।

चारवर्षे कार्यकाललको समीक्षासहितको कोषले गरेको बिदाई एवम् पत्रकार सम्मेलनमा उनले आफ्ना कार्यकालका मूलभूत उपलब्धि तथा कार्यसम्पादनका बारेमा बताएका थिए । कार्यक्रममा विगत ८ वर्षमा हुन नसकेको उपलब्धि तुलनात्मक रुपमा उनको ४ वर्षे कार्यकालमा पूरा भएको समेत दाबी गरेका छन् । पत्रकार सम्मेलनमार्फत स्वरोजगारकोषले हालसम्म १४ सय ७१ वटा सहकारी संस्थालाई ६ अर्ब ३ करोड २१ लाख ९० हजार रुपैयाँ कर्जा लगानीमार्फत ७२ हजार ६ शय ४३ युवालाई स्वरोजगार बनाएको बताए । उनले अाफ्नै कार्यकालमा मात्रै ४६ हजार ७ सय ४८ जना स्वरोजगार बनेको दाबी गरे ।

यस्तै कोषमा बुझाउनुपर्ने रकम नबुझाएका १ शय १ सहकारी संस्थाका सञ्चालक, लेखा तथा ऋण उप-समितिका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा रोक्का गर्न कोषले स्थानीय तहमा पत्रचार गरेको बताए । जसमा १५ शय ५३ जना पदाधिकारी तथा सदस्यहरुमध्ये १३ वटा सहकारीका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा रोक्का भएको जानकारी दिइएको छ ।

त्यस्तै उनले बेरुजु फर्छ्योट समेत ७१.८ प्रतिशतसम्म पुर्याईएको र कोषको कर्जाको भाकानाघेको प्रतिशत ५ मा झार्न सकेको बताएका छन् । डा. दङ्गाले हाल कोषको कर्जाअसूली करिब ९५ प्रतिशत रहको बताए ।

स्वरोजगारकोषबाट लगेको ‘खराबकर्जा’को असूलीमा पनि व्यापक सफलता हात लागेको बताएका छन् । यद्यपि सफलतामा आफ्नो नेतृत्वका कर्मचारीको भूमिका रहको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय र बोर्डलाई समेत धन्यवाद प्रकट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकालमा कोषले खराबकर्जा ३० करोड असूल गरेको पत्रकारसम्मेलनमार्फत बताएका छन् ।

कार्यक्रममा सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई अनुशिक्षण तथा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिमहरु दिएको बताईको थियो ।

प्रतिकृया

प्रतिकृया