शुक्रबार प्रदेशएकको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सङ्घीय सरकारका अर्थमन्त्री डा. युवराजको रोहवरमा सम्झौता भएको हो । कार्यक्रममा अर्थमन्त्री खतिवडाले वैदेशिक सहायताले प्रदेशएकलाई लाभान्वित बनाउनेमा जोड दिएका थिए । 


हेड्लाईननेपाल सम्वाददाता
पौष ०४, विराटनगर– पूर्वीनेपालको विकासमा सहयोग गर्न भन्दै स्वीटजरल्याण्ड सरकारले प्रदेश एकलाई १ अर्ब सहयोग गर्ने भएको छ । स्वीटजरल्याण्डसरकार र प्रदेशएकबीच सहयोग कार्यक्रमका लागि दुइपक्षीय सम्झौता भएको छ ।

शुक्रबार प्रदेशएकको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सङ्घीय सरकारका अर्थमन्त्री डा. युवराजको रोहवरमा सम्झौता भएको हो । कार्यक्रममा अर्थमन्त्री खतिवडाले वैदेशिक सहायताले प्रदेशएकलाई लाभान्वित बनाउनेमा जोड दिएका थिए ।

मानवअधिकार, सुशासन, वातावरणीय पक्ष तथा स्थानीय तहको जीवनस्तर उकास्नका लागि सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताएका अर्थमन्त्री डा. युवराजले अन्य प्रदेशभन्दा एककदमअघि बढेर विकासका लागि स्वीस सरकारले देखाएको चासोलाई सरकारले सकारात्मक रुपमा लिएको बताए ।

कार्यक्रममा हाल देखिएको मिलेनियम च्यालेन्ज कर्पोरेशनको विषयलाई विवादमा ल्याउनु भन्दापनि निश्चित समयका लागि आएका योजना कार्यान्वयनमा सरकारले ध्यान दिने उल्लेख गरेका थिए ।

उनले भने, ‘सम्झौताको आधारमा लिईने अनुदानको विषयमा टीका–टिप्पणी गर्नु भन्दापनि श्रोत लिएर राष्ट्रीय विकास गर्ने र सर्वसाधारणको उत्थान गर्नेतर्फ सरकारको प्राथमिकता रहेको छ । यसक्रममा राष्ट्रिय सुरक्षा र स्वार्थलाई मध्यनजर गर्दै सहायता परिचालन गर्ने हो ।’

कार्यक्रममा स्वीससरकारको तर्फबाट राजदुत एलिजावेथ भान क्याप्लरले प्रदेशएकसँगको सम्झौतालाई ठूलो उपलब्धीका रुपमा लिएको बताइन् । सङ्घीयता सफल बनाउन प्रदेश सफल हुनुपर्ने बताएकी राजदुत क्याप्लरले नेपालको संविधान र सङ्घीयता कार्यान्वयनलाई सफल बनाउनका लागि यस सम्झौता गरिएको उल्लेख गरिन् । उनले भनिन्, ‘प्रदेश एकमा शुरु गरिएको यसप्रकारको सम्झौता अब थप अन्य प्रदेशमा समेतअघि बढाउन सकिनेछ ।’

सम्झौता अनुसार प्रदेश सरकारले २० करोड थप गर्दै १ अर्ब २० करोडको कार्यक्रमअघि बढाइने जनाएको छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव कृष्ण नेपाल र स्वीस राजदुत एलिजावेथ भन क्याप्लरले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया

प्रतिकृया