उद्घाटन कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले ढुङ्गामुडा र आक्रमण गरेपछि स्थितिनियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । प्रहरीसँगको तनावपछि स्थानीयले दर्जन बढी सवारीसाधनमा आगो लगाईदिएका छन् ।


हेड्लाईननेपाल सम्वाददाता
माघ ०४, सल्लेरी– जिल्लाको तिङलावासीको अवरोधका कारण सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले ढुङ्गामुडा र आक्रमण गरेपछि स्थितिनियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । प्रहरीसँगको तनावपछि स्थानीयले दर्जन बढी सवारीसाधनमा आगो लगाईदिएका छन् ।

स्थानीयले प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रशारण लाईनको उद्घाटन गर्न लागेको भन्दै विरोध र बहिस्कार गर्दै पहिल्यै तिङ्ला बन्दको घोषणा गरेका थिए । तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रशारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्ने पूर्वनिर्धारित कार्यक्रम उद्घाटन गर्न पुगेका पदाधिकारीमाथि स्थानीय आक्रमण गरी सवारीसाधन जलाईदिएका छन् ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाईकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा–सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् ।

तर प्रशारण लाइन सबस्टेसनबाट प्रभावितक्षेत्र सोलुदुधकुण्ड नगरपालिका– ११, तिङ्लामा सहमति अनुसार विद्युतलाईन विस्तार नगरी वडा नम्बर– ०८ को पत्तालेमा प्रशारण लाईनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको बताईएको छ ।

तिङ्लावासीको विरोधका कारण प्रशारण लाईन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिकृया

प्रतिकृया