हेड्लाईननेपाल सम्वाददाता
माघ १२, काठमाण्डौ– पछिल्लोसमय लोकप्रिय बनेकी गायिका आस्था राउत प्रहरीकार्यालय रहेकी छन् । सोमबारबिहान राउत महानगरीयप्रहरी परिसर काठमाण्डौ टेकुमा पुगेकी गायिका आस्थालाई त्यहीँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाण्डौ प्रहरीप्रमुख उत्तमराज सुवेदीले जानकारी दिएअनुसा उनलाई छानबिनका लागि नियन्त्रणमा लिईएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाप्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा जिल्ला प्रशासनकार्यालय काठमाण्डौले आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी काटिएको थियो । विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी पनि थिइन् ।

यद्यपि विमानस्थलमा चेकजाँच गर्ने महिला प्रहरीजवान रमीता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेपछि उनलाई पक्राउ गर्न प्रहरीले खोजिरहेको थियो । सामाजिकसञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङ्गपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाईभमा आएकी थिइन् ।

ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको छ । उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी,’ ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।

उनको भाषा तथा शब्द भने राष्ट्रिय छवि बनाएकी गायिकास्तरमा भने देखिदैनथ्यो ।

प्रतिकृया

प्रतिकृया