हालसम्म भारतसरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य तथा शैक्षिकसेवामा पहुँच विस्तार गरेको छ ।


हेड्लाईननेपाल सम्वाददाता
माघ १३, काठमाण्डौ– भारतको ७१औं गणतन्त्रको अवसरमा नेपालस्थित भारतीय दूतावासले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यवाहकराजदूत डा. अजयकुमारले जनवरी २६ को गणतन्त्रदिवसको अवसरमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका हुन । साथै उनले भारतीयराष्ट्रपतिको सन्देश पनि पढेर सुनाएका छन् । उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकलमहिला र मृतक सैनिकका ५ जनानिकटतम नातेदारलाई ५ करोड ९७ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरेका थिए । राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरेका छन् ।

नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहो¥याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस वितरण गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ । हालसम्म भारतसरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य तथा शैक्षिकसेवामा पहँुच विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त समारोहमा दूतावासका अधिकारीसहितको उपस्थितिमा केन्द्रीयविद्यालय, मोडर्न इण्डीयन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिककेन्द्र, काठमाण्डौका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरेका थिए । कार्यवाहक राजदूतले ईण्डीयाहाउसमा स्वागत समारोहको आयोजना गरे ।

उप–राष्ट्रपति नन्दबहादुर पुन सो समारोहको मुख्य अतिथिमा सम्पन्न कार्यक्रममा करिब १५ शयभन्दा बढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया