दुर्घटनालगत्तै करिब ५ हजारको सङ्ख्यामा स्थानीयबासीले आन्दोलन गर्दा प्रहरीले स्थितिलाई नियन्त्रण लिन भन्दै २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीय प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ । घटनाको प्रत्यक्षदर्शी बनेकी अरुणा शाहीले विक्षिप्त हुँदै आत्महत्या गरेकी प्रहरीले जनाएको सुर्खेतप्रहरीले जनाएको छ । 


हेड्लाईननेपाल सम्वाददाता
माघ ०४, वीरेन्द्रनगर- कर्णालीप्रदेशको राजधानी वीरेन्द्रनगर- ०४ मसुरीखेतचोकमा टिपरले ठक्कर दिँदा कालीकोट महावै गाउँपालिका- ०३ का मोटरसाईकलचालक २० वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको छ । घटनापछि विक्षिप्त बनेकी एक युवतीलेे समेत झुण्डिएर आत्महत्या गरेकी छन् ।

मङ्गलबारबिहान भे.१ ख २२४२ नम्बरको टिपरले विपरीतदिशाबाट आईरहेको भे. ६ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनालगत्तै करिब ५ हजारको सङ्ख्यामा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भएको छ । स्थानीयसँगको झडपमा गाडीको सीसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ । त्यस्तैगरी ७ प्रहरी घाईते भएका छन् ।

प्रहरीले पनि स्थितिलाई नियन्त्रण लिन भन्दै २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । यद्यपि अश्रुग्यासबाट २३ वर्षका धीरबहादुर बूढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य घाइते भएका छन् ।

त्यस्तै स्थानीय प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।

घटनाको प्रत्यक्षदर्शी बनेकी अरुणा शाहीले विक्षिप्त हुँदै आत्महत्या गरेकी प्रहरीले जनाएको सुर्खेतप्रहरीले जनाएको छ ।

कालिकोट नैै घर भएकी अरुणा शाहीले सुर्खेतस्थित मामाघरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरीकार्यालय, सुर्खेतका प्रमुख डिल्लीराज पन्तले अरुणा मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।

‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) डिल्लीराजले भने, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं । घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको बताईएको छ ।

प्रतिकृया

प्रतिकृया