१४ माघ २०७६ मंगलबार

नेपालमा भैरहेको हिंसा, अराजकता, हाहाकार !! घृणा, द्वेष, वैमनस्य !! असुरक्षा, अशान्ति, त्राहीत्राही, रोदन, चित्कार !! भ्रष्टाचार, तस्करी, कालाबजारी, महङ्गी !! बेरोजगारी, पलायन, निराशा !! गरिबी, रोग, भोक, शोक !! विकृति, विसङ्गति, पापाचार !! अन्याय, अत्याचार, शोषण, दमन, असमानता !! खै कहाँ छ चित्त बुझाउने ठाउँ ? को हो दोषी ? कसले हो हामीलाई यो महासङ्कटबाट पार लगाउने ? जस्ता अनगिन्ती सवालको चिन्तन मनन र खोज गरी युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीले २ दशक लामो अनुसन्धान पश्चात आव्हान र २०७२ सालको घटस्थापनाको दिन सङ्कल्प लिएर २०७२ को श्रीपंचामीको दिन विधिवत् जरोकिलो महाअभियान स्थापना गरिएको थियो |

पहिलो स्थापना सम्मेलन

जरोकिलो महाअभियान अन्तर्गतको विशिष्टीकृत संस्था मौलिक जरोकिलो पार्टी गत साउनमा निर्वाचन आयोगमा विधिवत् दर्त्ता भएको थियो | जसको झण्डा र चुनाव चिन्ह तल दिएको छ |जसको ४ आधारशीला यस प्रकार छ | विज्ञानको बुद्धि (Knowledge of Science), प्रविधिको प्रगति (Progress of Technology), धर्मको विवेक (Conscience of Dharma), सहृदयताको सम्बन्ध (Relation of Sahridayata) |

युगद्रष्टाको आव्हानलाई सुनेर जोडिएका अग्रणी सदस्यहरुले प्रतक्ष्य भेट , सामाजिक संजाल साथै अन्य विद्युतीय माध्यम बाट जरोकिलो सुनेर जोडिएका स्वतन्त्र व्यक्तिहरु संगठित हुँदै जाँदा देशका ५० भन्दा बढी जिल्ला र नेपाल बाहिर १५ भन्दा बढी देशमा रहेका देशभक्तहरुको लामो सत्संग पछि २०७६ सालको जरोकिलो स्थापना दिवस श्रीपंचमीको दिन ज्ञान/विद्याकी देवी माता सरस्वतीलाई साक्षी राखेर सरस्वती पूजा गरी स्थापना दिवस मनाउँदै सँगसँगै माघ १६, १७, १८ गते पहिलोपटक देशका विभिन्न जिल्ला, सातै प्रदेश तथा विदेशबाट चयन भएर आउनु भएका प्रतिनिधिहरु बाट ऐतिहासिक प्रथम महाधिवेशन हुन गैरहेको छ | महाधिवेशन अन्तिम तयारी पूरा भएको मौलिक जरोकिलो पार्टीको सूचना तथा जनसम्पर्क विभागले जानेको छ | विशेष अवस्थामा ३ वर्ष र अन्य अवस्थामा हरेक ४ वर्षमा नयाँ नेतृत्व महाधिवेशन बाट निर्वाचित र मनोनयन हुनेछ |

यो महाधिवेशन बाट देशमा मूलधारको मौलिक राजनीतिक शक्ति स्थापना हुनेछ |

प्रतिकृया

प्रतिकृया