माओवादी आन्दोलनको उद्गमथलोको रुपमा परिचित रोल्पा तथा यसको राजनीतिक एवम् साहित्यक्षेत्र उपस्थिति र प्रभावका बारेमा समेत सम्मेलनमा समीक्षासहित सम्मेलनमा किन आउने होलेरी ?, रोल्पाबाटै किन शुरु भयो सशस्त्रयुद्ध, रोल्पाको पत्रकारिताको नालिबेली कार्यपत्र प्रस्तुत हुने


हेड्लाईननेपाल सम्वाददाता
माघ २७, काठमाण्डौ– तत्कालीन माओवादीले सशस्त्रयुद्धको क्रममा पहिलोपटक ५ स्थानमा गरेको प्रहरीचौकी आक्रमणमध्येको रोल्पाको होलेरीमा युद्धकालीन साहित्यसँग सम्बन्धित प्रथम होलेरी राष्ट्रिय मिडिया सम्मेलन–२०७६ हुने भएको छ ।

सम्मेलन रोल्पाको रुण्टगढी गाउँपालिकास्थित होलेरीमा यही फाल्गुण १ देखि २ गतेसम्म हुने भएको हो । उक्तसम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुन (मगर), पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश ५ का सभासदस्य अम्मरबहादुर डाँगी र रुण्टीगढी गाउँपालिकाप्रमुख बालाराम बूढामगरले सहभागिता जनाउने छन ।

त्यस्तै सम्मेलनमा सञ्चारकर्मीहरु टीकाराम यात्री, नारायण वाग्ले, किरण नेपाल, गुणराज लुईंटेल, नारायणप्रसाद शर्मा, प्रशान्त अर्याल, नारायण अमृत, उमेश चौहान, अखण्ड भण्डारी, नितु पण्डित, निर्मला शर्मा, भुषिता वशिष्ठ, गङ्गा वि. सी., उमेश चौहान, सुशील गौतम तथा गोविन्द आचार्य सहभागी हुनेछन् ।

माओवादी आन्दोलनको उद्गमथलोको रुपमा परिचित रोल्पा तथा यसको राजनीतिक एवम् साहित्यक्षेत्र उपस्थिति र प्रभावका बारेमा समेत सम्मेलनमा समीक्षासहित सम्मेलनमा किन आउने होलेरी ?, रोल्पाबाटै किन शुरु भयो सशस्त्रयुद्ध, रोल्पाको पत्रकारिताको नालिबेली कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

कार्यक्रमको मूलआयोजक रुण्टीगढी गाउँपालिका रहेपनि सह–आयोजक नेपाल पत्रकार महासङ्घ रोल्पा शाखा रहेका छन् । कार्यक्रमको मुख्य उद्देश्य होलेरीमा पर्यटन प्रवद्र्धन गर्नु रहेको बताईएको छ ।

प्रतिकृया

प्रतिकृया