भारतीय टेलिभिजनहरुको सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार आपले ७० सीटमध्ये ४८ मा अग्रता बनाएको छ । भारतीय जनता पार्टीले २२ र कांग्रेस आईले ० स्थानमा छ ।


हेड्लाईननेपाल
माघ २८, काठमाण्डौ– भारतको दिल्लीराज्यको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ । भारतीयसञ्चारमाध्यमहरुमा आएका खबर अनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो । प्रारम्भिक मत गणनामा सत्तारुढ दल आम आदमी पार्टीले अग्रता कायम गरेको छ । आपलाई केन्द्रीय सरकार सञ्चालन गरिरहेको दल भाजपाले पछ्याईरहेको छ ।

भारतीय टेलिभिजनहरुको सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार आपले ७० सीटमध्ये ४८ मा अग्रता बनाएको छ । भारतीय जनता पार्टीले २२ र कांग्रेस आईले ० स्थानमा छ ।

यही फेब्रुअरी ८ मा विधानसभाका लागि निर्वाचन भएको थियो । बहुमतका लागि ३६ सिट आवश्यक पर्छ ।

यसअघि सन २०१५ मा भएको विधानसभा निर्वाचनमा पनि आम आदमी पार्टीले ७० मध्ये ६७ सीटमा जीत हात पारेको थियो भने बाँकी ३ सीट भाजपाले जितेको थियो ।

प्रतिकृया

प्रतिकृया