हेड्लाईननेपाल सम्वाददाता
माघ २९, तम्घास- स्वास्थ्य र शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भारतसरकारले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा चन्द्रकोट क्याम्पसको भवन निर्माण गरिदिएको छ ।

बुधबार उद्घाटन समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले दूतावासको प्रतिनिधित्व गर्दै नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्लासमन्वयअधिकारी भक्तिराम मरासिनीलगायत स्थानीय राजनीतिक तथा सामुदायिकअग्रजहरुको उक्त समारोहमा बाक्लो उपस्थिति थियो ।

निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाण्डौ आदि शहरहरुमा उच्चशिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्चशिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस सामुदायिक क्याम्पसले स्नातकतहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ । क्याम्पसमा ९० प्रतिशतभन्दा बढी छात्राहरु अध्ययनरत छन् ।

भारत सरकारको नेरु ४ करोड १० लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँसंरचनामा १२ वटा कक्षाकोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्रछात्राका लागि छुट्टै शौचालयको सुविधा छ । गुल्मीजिल्ला समन्वयसमितिले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

प्रतिकृया

प्रतिकृया